ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति पौडेलसँग बेलायती राजकुमार‍को भेट, जलवायु परिवर्तनबारे छलफल


एबीसी न्यूज

काठमाडौं २२ माघ । राष्ट्रपति पौडेल र बेलायतका राजकुमार एडवार्डबीच भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतल निवासमा भएको शीष्टाचार भेटमा पौडेलले जलवायु परिवर्तन विश्वको प्रमुख चिन्ताको विषय भएको र यसको समाधानका लागि सबै लाग्नुपर्ने बताए।

ुजलवायु परिवर्तन आज विश्वको प्रमुख चिन्ताको विषय बनेको छ, जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेको नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा हिमाल संरक्षणको विषयलाई प्रमुखताका साथ आवाज उठाउँदै आएको छ,ु राष्ट्रपति पौडेलको भनाइ उद्यृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने।

नेपालले जलवायु परिवर्तनकै विषयलाई लिएर सगरमाथा संवादको थालनी गर्न लागेकोबारे पनि राजकुमारलाई जानकारी गराए। उक्त मञ्चको पहिलो संस्करण आगामी १६ देखि १८ मेसम्म काठमाडौँमा ुजलवायु परिवर्तन, हिमाल र मानवको भविष्यु विषयमा हुँदैछ।

राष्ट्रपति पौडेलले बेलायतका राजपरिवारका सदस्यहरूबाट विभिन्न समयमा हुँदै आएका नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ मजबुत पार्न योगदान दिएको छ प्रतिक्रिया दिए। साथै उनले महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपबाट सन् १९६० र १९८६ मा नेपालको राजकीय भ्रमण भएको स्मरण पनि गरे।

साथै सो अवसरमा उनले नेपाली नागरिक र आफ्नातर्फबाट राजा चार्ल्सको व्यक्तिगत सुख एवम् सुस्वास्थ्यको शुभकामना गरे।

नेपाल भ्रमणका लागि बेलायतका राजकुमार एडवार्ड पत्नी सोफीयासहित आजै काठमाडौँ आइपुगेका हुन्। शीष्टाचार भेटमा सोफीया र नेपालका लागि बेलायती राजदूत सहभागी थिए।

राजकुमार एडवार्डले नेपालमा जलवायु परिवर्तनले पारेको असर र त्यसको न्युनीकरणमा नेपालले गरेको प्रयासका बारे भ्रमणका क्रममा थप जानकारी हुने विश्वास व्यक्त गरे। उनले भ्रमणका क्रममा प्रकृति कति जोखिम अवस्थामा छ र हिमालमा जलवायु परिवतर्नले कस्तो असर पारेको छ भनेर जान्न बुझ्न पाउने पनि बताए।

राजकुमारले नेपाल बेलायतबीच भविष्यमा सहयोगको आदानप्रदान गर्दा युवा र महिला सशक्तिकरणको विषय सान्दर्भिक हुने पनि बताए। उनले ब्रिटीस सेनामा नेपालले भर्तिको लागि दिएको स्वीकृतिका लागि आभार प्रकट गर्दै नेपाल बेलायतबीचको सुमधुर सम्बन्धमा ब्रिटीस गोर्खा सेना कोशेढुंगा रहेको उल्लेख गरे।

सोही अवसरमा राष्ट्रपति पौडेलसमक्ष बेलायती सेनाको ुगोर्खा–ब्रिगेडकाु प्रमुख मेजर–जनरल जेराल्ड स्ट्रिकल्याण्डले ुब्रिगेड अफ गोर्खाु को सन् २०२४ को वार्षिक प्रतिवेदन पेस गरे।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन– गगन थापा

आवेग बिर्सनुपर्छ, एकताबद्ध हुनुपर्छ– विश्वप्रकाश शर्मा

सम्बन्धित

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन– गगन थापा

आवेग बिर्सनुपर्छ, एकताबद्ध हुनुपर्छ– विश्वप्रकाश शर्मा

निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं –पूर्णबहादुर खड्का

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

रवि जोडिएका मुद्दाका सबैलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपबाट छुट्कारा

निर्वाचन आयोगलाई विधानको व्यवस्था बारे जानकारी गराउदै गगनपक्षीय कांग्रेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com