काठमाडौं २२ माघ । ब्रिटिस गोर्खा भूतपूर्व सैनिकले काठमाडौंमा लालटिन जुलुस निकालेका छन्।
सन् १९४७ को त्रिपक्षीय सम्झौताले नेपालीलाई अन्यायमा पारेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्।
ब्रिटिश गोरखा भूतपूर्व सङ्गठन बिगेसोको आह्वानमा पूर्वगोर्खाहरूले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न माग गरिएको प्लेकार्ड बोकेका थिए।
नेपाल, भारत र ब्रिटेनबीच सन् १९४७ मा भारत ब्रिटिश उपनिवेशबाट स्वतन्त्र भएपछि गोर्खा भर्तीसम्बन्धी त्रिपक्षीय सन्धि भएको थियो। उक्त सन्धी अन्यायपूर्ण भएको ब्रिटिस गार्खाको भनाई छ।
२०७४ जेठ २६ गते सर्वोच्चले सरकारका नाममा परमादेश जारी गर्दै उक्त त्रिपक्षीय सन्धि पुनरवलोकन गर्न आदेश दिएको थियो।








प्रतिक्रिया दिनुहोस्