काठमाडौं २२ माघ । चीनले पनि अमेरिकाबाट आयात हुने सामानमा १० प्रतिशत नै भन्सार महसुल लिने निर्णय गर्दै बदला लिएको छ।
यसले अमेरिकाबाट चीनले गर्ने ठूला इन्जिन कार, पिकअप ट्रक, एलएनजी, कच्चा तेल र कृषि मेसिनरीको आयातलाई असर गर्नेछ।
यसअघि अमरेकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत भन्सार शुल्क लिने निर्णय गरेको थियो।
यसको जवाफमा चीनले पनि अमेरिकाविरुद्ध त्यति नै भन्सार महुसल तोकेको बीबीसीले जनाएको छ।
अमेरिकाले मेक्सिको र क्यानडाविरुद्ध तोकेका २५र२५ प्रतिशत कर लागू गर्ने निर्णय भने ३० दिनका लागि स्थगन गरेको छ।
प्रतिक्रिया दिनुहोस्