ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देवदह मेलामा दर्शकको घुईचो, ५० हजारले गरे अवलोकन


एबीसी न्यूज

देवदह, २० माघ । रूपन्देहीको देवदहमा संचालित भईरहेको नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा दर्शकहरुको घुईचो लागेको छ । माघ १० गते देखि शुरु भएको महोत्सवको १० औ दिनसम्म करिव ५० हजार दर्शकले अवलोकन गरेको संयोजक कोषबहादुर गुरुङ्गले जानकारी दिए । “महोत्सवको १०औं दिनसम्म पनि दर्शकको घुईचो लागेको छ ।” संयोजक गुरुङ्गले भने, “आयोजकलाई व्यवस्थापन गर्न धौधौ भएको छ ।” शनिबार सार्वजनिक विदा भएकोले पनि महोत्सव अवलोकन गर्ने दर्शकहरुको घुईचो लागेको र व्यवस्थापन गर्न मुस्किल भैरहेको उनको भनाई छ । मेलामा शुक्रबार ज्योति मगर र शनिबार राजु परियार लगायतका कलाकारले प्रस्तुति दिएका छन् । सार्वजनिक विदा भएको र कलाकार पनि सोहि अनुसार ल्याइएको हुनाले दर्शकको चाप बढेको बताइन्छ ।

आयोजकले बेलुका ५ बजेपछि टिकटको शुल्कमा वृद्धि गरेको छ । महोत्सवमा दर्शकले मात्र सांस्कृतिक कार्यक्रम हेर्न नभएर मेलामा राखिएका औद्योगिक उत्पादन, कृषि तथा पर्यटकीय स्टल र गतिवधि पनि अवलोकन गरुन् भन्ने उद्देश्यले साँझको टिकट दर बढाइएको आयोजकको भनाइ छ । देवदह व्यापार सघको आयोजनामा माघ १० देखि शुरु भएको महोत्सवमा लुम्बिनीको प्राचिन मायादेवी ग्राम सहितको मोडल, पाकडी वृक्षको आकृति, फोटो प्रर्दशनी, विज्ञान प्रर्दशनी, ऐतिहासिक माथागढी, गुरुङ र मगर समुदायको ऐतिहासिक घर, सेल्फी जोन, लगायतका आकर्षक रहेको महासचिव हरिलाल भण्डारीले जानकारी दिए । कृषि, शैक्षिक, धार्मिक, पर्यटक र व्यापारिक क्षेत्रको रूपमा मात्र नभएर देवदहमा रहेका ऐतिहासिक स्थलहरू भवानीपुर, रोहिणी नदी, देवदह दह, कन्यामाई, वैरिमाई, पाकरी वृक्ष, खयरडाँडा तथा अन्य विभिन्न धार्मिक एवं पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्य संगै देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको भनाई छ । महोत्सवमा दश करोड बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com