ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्रिकेटमा नेपाल लाई ऐतिहासिक उपलब्धि, पायो एकदिवशिय मान्यता


admin

काठमाडौं, १ चैत । आईसीसी विश्वकप छनोट अन्तर्गत बिहीबार पपुवा न्युगिनीलाई ६ विकेटले हराएको नेपालले एकदिवसीय मान्यता प्राप्त गर्ने पक्का भएको छ। यो नेपाली क्रिकेटले पाएको अहिलेसम्मकै ऐतिहासिक उपलब्धी हो ।

नेदरल्याण्डसँग हङकङ ४४ रनले पराजित भएसँगै नेपालले अन्तराष्ट्रिय क्रिकेट खेलेको २२ वर्षपछि पहिलो पटक एक दिवसीय क्रिकेटको मान्यता पाएको हो ।

आईसीसीको नियमअनुसार नेदरल्यान्ड्सबाहेक विश्वकप छनोट प्रतियोगितामा सहभागी एसोसिएट टोलीमध्ये शीर्ष तीनले सन् २०२२ सम्मका लागि एकदिवसीय टोलीको मान्यता पाउनेछन् ।

गत डिसेम्बरमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेको हैसियतमा नेदरल्यान्ड्सले यसअघि नै एकदिवसीय टोलीको मान्यता पाइसकेको छ । यसैगरी सोसिएट टोलीमध्ये सुपर सिक्स चरणमा पुगिसकेका संयुक्त अरब इमिरेट्स ९यूएई० र स्कटल्यान्डले पनि एक दिवसीय मान्यता पक्का गरिसकेका छन् ।

अब बाँकी रहेको एक स्थानका लागि सुपर सिक्स चरणमा पुग्न नसकेका नेपाल, हङकङ र पपुवा न्युगिनीले प्ले अफ खेलमार्फत आआफ्नो दाबेदारी प्रस्तुत गर्ने क्रममा नेपाल पहिलो पटक एकदिवसीय टोलीको मान्यता पाउन सफल भएको हो ।

किन अर्थपूर्ण छ एकदिवसीय मान्यता ?

नेपालको लागि एकदिवसीय मान्यता पाउनु निकै कुरामा अर्थपूर्ण छ । अहिलेसम्म एशोसिएसट टिम मात्र रहेको नेपालले एकदिवसीय मान्यता पाएसंगै टिमले एक्सपोजर पाउनेछ । साथै अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले दिने सहयोग बद्धि हुनेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसि) ले वार्षिक ७ देखि ८ करोड रूपैयाँसम्म बजेट छुट्याएको हुन्छ जसले स्तरीय प्रशिक्षक, अभ्यास भ्रमण, खेलाडीको भत्ता, सुविधा, नियमित प्रशिक्षणको लागि नेपाललाई आर्थिक सहजता हुनेछ।

यस्तै अन्तर्राष्ट्रिय प्रतियोगिता निकै कम खेल्ने नेपालका लागि नियमित रूपमा ठूला प्रतियोगिता विश्व क्रिकेट लिग च्याम्पियनसिप, इन्टर कन्टिनेन्टल कप जस्ता प्रतियोगिता खेल्न पाउनेछ। साथै टेष्ट राष्ट्र सम्मिलित एसिया कप जस्तो ठूलो प्रतियोगितामासमेत नेपालको सहभागिता सहज हुनसक्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com