ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैलाली घटनाका अभियुक्त सार्वजनिक


admin

कैलाली, १ चैत। जिल्ला प्रहरी कार्यालय कैलालीले बोक्सी आरोप लगाई कुटपिटमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुलाई आज सार्वजनिक गरेको छ ।

कैलाली, घोडाघोडी नगरपालिका–५ देउकलिया गाउँकी राधा चौधरीलाई गत फागुन २४ गते बोक्सीको आरोपमा निर्घात कुटपिट गरेको अभियोगमा पक्राउ परेका सोही ठाउँका २३ वर्षीय भोलेबाबा भनिने रामबहादुर चौधरी र उनलाई सघाउने किस्मती चौधरी र स्मारिका चौधरीलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

घटनामा मतियारका रुपमा संलग्न सोही ठाउँका वेदप्रसाद चौधरी, चनकला चौधरी र सीतारानी चौधरीसमेतलाई पक्राउ गरी कानूनी कारवाही प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । अभियुक्तलाई बोक्सी आरोप कसुर तथा सजाय ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

प्रहरी उपरीक्षक घिमिरेले फागुन २८ गते राति नगरपालिका प्रमुख ममताप्रसाद चौधरीलाई गोली तथा धारिलो हतियार प्रहारका घटनामा संलग्न चार जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा घटनामा संलग्न नगरपालिकाका ४० वर्षीय कमल क्षत्री, ३६ वर्षीय भरतबहादुर शाह तथा ३० वर्षीय पूर्णप्रसाद खनाल र हृदयराज बोगटी छन् ।

नेकपासँग आबद्ध भनिएका उनीहरुलाई पनि पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो । घटनास्थलमा संलग्न भई फरार थप नौ जनाको खोजी भइरहेको छ । घटनास्थलमा प्रहरीले गोलीको खोका र से२प ३६७१ नंको नक्कली मोटरसाइकल बरामद गरिएको थियो । नगर प्रमुख चौधरीलाई विभिन्न आरोप लगाई नेकपाले पटक पटक चन्दाका साथै विभिन्न माग राखी धाकधम्की दिने, प्रेस विज्ञप्ति प्रकाशन गर्नेलगायत कार्य हुँदै आएको अवस्थामा उहाँमाथि आक्रमण भएको जनाइएको छ । घाइते नगरप्रमुख चौधरीको हाल काठमाडौँमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com