काठमाडौं, १ चैत । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टाराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको भनाईलाई इंकित गर्दै ट्वीट गरेका छन् ।
उनले ट्वीटरमार्फत अध्यक्ष्म प्रचण्डलाई उदृत गर्दै अबका ‘मुसाहरू’ लाटा छैनन् भन्दै जवाफ फर्काएका छन्।
बाबुरामले लेखेका छन् , ‘प्रचण्डजीका कुरा सुन्दा स्कूलमा पढेको ‘पाइड पाइपर अफ हेमलाइन कविताको सम्झना हुन्छ । मिठो मुरलीवादकले सहरका सबै मुसाहरूलाई आफ्नो धूनको पछि लगाएर समुन्द्रमा होमे झै प्रचण्ड अनेक कुतर्क गरेर आफ्नो कुर्सीका निम्ति पुरै माओवादी शक्ति एमाले समुन्द्रमा होम्दै हुनुहुन्छ।’
बिहिबार नयाँ शक्तिका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले बाबुरामलाई पार्टीमा पुन फर्किन आह्वान गरेका थिए। उनले भट्टराईलाई गल्ती सच्याउँदै पार्टीमा फर्कन सुझाव दिएका थिए।
प्रतिक्रिया दिनुहोस्