ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यादेशबारे सत्तापक्षका दल एकमत,संसदबाट प्रतिस्थापन विधेयक ल्याएर पारित गर्ने निष्कर्ष


एबीसी न्यूज

काठमाडौं १५ माघ । सत्तापक्ष दलहरूले आवश्यकताका आधारमा अध्यादेश जारी गरिएकाले यसमा सबै एकमत हुने बताएका छन् ।

सङ्घीय संसद्को आसन्न हिउँदे अधिवेशनमा सत्तापक्षको तयारी र सरकारका कामको प्रभावकारितालगायत विषयमा छलफल गर्न हिजो भएको बैठकमा सत्तापक्षका शीर्ष नेताहरूले यथाशीघ्र संसदबाट प्रतिस्थापन विधेयक ल्याएर पारित गर्ने निष्कर्षसमेत निकालेका छन् ।

संसद् बैठकमा सत्तापक्षीय हिसाबले सशक्त, प्रभावकारी र रचनात्मक रूपमा समान धारणका साथ प्रस्तुत हुने बैठकले निर्णय गरेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

गठबन्धन सरकार भएकाले थप केही छलफल गर्नुपर्ने विषय भए प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेसका सभापति शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वसँग छलफल गर्ने बैठकको निष्कर्ष रहेको उहाँले बताउनुभयो । साथै अरु आवश्यक कानून पनि छिट्टै ल्याउने, संसद्लाई पर्याप्त बिजनेस दिएर तदारुकताका साथ कानून र विधि निर्माणमा उपयोग गर्ने बैठकको निष्कर्ष छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रधानमन्त्री निवास बालुुवाटारमा बसेको बैठकले सरकारको कामकारबाहीलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ ।

बैठकमा प्रधानमन्त्री एवम् नेकपा ९एमाले०का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमाले उपाध्यक्ष एवम् उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा।चन्द्रकान्त ९सिके० राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव तथा ती पार्टीका संसदीय दलका प्रमुख सचेतलगायत सहभागी हुनुहुन्थ्यो ।

बैठकमा प्रधानमन्त्री ओलीले नागरिकलाई सेवा दिन र विकास निर्माणका कामलाई गति दिन अत्यावश्यक भएका अध्यादेशलाई संसद्को पहिलो दिनमै पेश गर्ने र छिट्टै प्रतिस्थापन विधेयक प्रस्तुत गरिने बताउनुभएको थियो । सङ्घीय संसद्को हिउँदे अधिवेशन यही माघ १८ गतेदेखि शुरू हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमालेको झापामा ‘नेसनल भोलेन्टियर फोर्स’ गठन : ओलीको गृहजिल्लामा विकास गिरी कमान्डर

रास्वपा उम्मेदवार टुंग्याउँदै : प्रमुख नेताहरूको क्षेत्र र रणनीति

सम्बन्धित

एमालेको झापामा ‘नेसनल भोलेन्टियर फोर्स’ गठन : ओलीको गृहजिल्लामा विकास गिरी कमान्डर

रास्वपा उम्मेदवार टुंग्याउँदै : प्रमुख नेताहरूको क्षेत्र र रणनीति

प्रचण्डदेखि नारायणकाजी, रेनु देखि युवा अनुहारसम्म – कहाँ कसको उम्मेदवारी ?

महाराजगञ्जमा कांग्रेस सभापति थापा र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ?

राष्ट्रिय सभामा एमालेसँग गरेको सहमति कांग्रेसले कायमै राख्ने

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com