ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तरी गाजाबाट विस्थापित हजारौं नागरिक आफ्नो घर फर्कन थाले


एबीसी न्यूज

काठमाडौं १४ माघ । उत्तरी गाजाबाट विस्थापित हजारौं प्यालेस्टाइनी आफ्नो घर फर्कन थालेका छन् । इजरायल र हमासले अन्य ६ जना बन्धकको रिहाइका लागि सम्झौता गरेपछि विस्थापित प्यालेस्टाइनीहरूको भीड युद्धग्रस्त गाजा पट्टीको उत्तरतिर बढ्न थालेको समाचार संस्था एएफपीले जनाएको छ ।

गाजा पट्टी इजरायलले ध्वस्त बनाइसकेको छ । तर हजारौं प्यालेस्टाइनी आफ्नो घरको भग्नावशेष खोज्दै पुगेका खबरमा उल्लेख छ । यसअघि युद्धविराम सम्झौता अनुसार हमासले बन्धक रिहाइमा ढिलाइ गरेको भन्दै इजरायलले प्यालेस्टाइनी नागरिकलाई उनीहरूको घर उत्तरी गाजामा जान रोकेको थियो । तीन दिनदेखि बाटैमा रोकिएका हजारौं मानिस आज आफ्नो घरको भग्नावशेष खोज्दै गरेको देखिएका छन् ।

विस्थापित इब्राहिम अबु हसेराले घरको नाममा केवल ध्वस्त भएका संरचना मात्रै देखिए पनि आफन्त र प्रियजनसँग आफ्नो थातथलोमा फर्कन पाउँदा खुशी भएको बताउनुभएको छ । हमासले प्यालेस्टाइनीका लागि फिर्तीलाई विजय भनेको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका २४ लाख जना नागरिकलाई इजिप्ट र जोर्डनमा पठाएर गाजा सफा गर्ने भन्दै दिएको अभिव्यक्तिको अरब देश, प्यालेस्टाइन, हमास र जिहादी समूहले विरोध गरेका छन् ।

‘ट्रम्प र सम्पूर्ण विश्वलाई भन्छौँ– हामी प्यालेस्टाइन वा गाजा छोड्ने छैनौँ, चाहे जे भए पनि’, विस्थापित गाजा निवासी रशाद अल–नाजीले भन्नुभएको छ । यस्तै इस्लामिक जिहादले आफ्ना नागरिकलाई विस्थापित गर्ने सपना देख्नेहरूले नराम्रो झड्का बेहोर्ने चेतावनी दिएको छ ।

यसैगरी प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले गाजाबाट प्यालेस्टिनीहरूलाई विस्थापित गर्ने उद्देश्यले आउने कुनै पनि परियोजनाको कडा अस्वीकार र निन्दा गर्ने बताउनुभएको छ । यस्तै हमासको राजनीतिक ब्युरोका सदस्य बासेम नाइमले प्यालेस्टाइनीहरूले यस्ता परियोजनाहरूलाई विफल पार्ने बताउनुभएको छ ।

यसैगरी अरब देशहरूले पनि गाजाका नागरिकलाई अरू देशमा सार्ने कुरा अर्को विपत्ति हुन सक्ने भन्दै यस्ता अभिव्यक्ति नदिन भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com