ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीको कटाक्ष-खोक्न पाएको छैन, आईसीयू बसेको फोटो आइहाल्छ


एबीसी न्यूज

काठमाडौं १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठुला दलको सहकार्यमा रहेको अहिलेको सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने बताएका छन्।

भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्रका पालामा शासन टिकाउनका लागि मरिमेट्दा विकास राम्ररी हुन नसकेको र लोकतन्त्रयताका विकास निर्माणको गति बेग्लै भएको बताए।

‘अब नेपालमा विकासको क्रममा अगाडी बढेको छ। जो भए पनि विकास भइहाल्छ भन्ने कुरा सही होइन,’ ओलीले भने, ‘राम्रो प्रणाली नभईकन विकास हुँदैन। काम गर्ने खालको पार्टी सरकारमा नभएर विकास हुँदैन। देश साँच्चै अप्ठ्यारोमा परेकाले दुई ठूला दलको सहकार्यमा देशलाई एकताबद्ध बनाउँदै सरकारले विकासको अगुवाइ गर्नैछ। सरकार अहिले ढल्यो, भरे ढल्यो भनेर कसैले छाती पिट्नु र बिलौना गर्नुको कुनै विकल्प छैन। नेपाली कांग्रेस र नेकपा ९एमाले०ले अब देशलाई स्थिरता दिने संकल्प गरिसकेका छन्। यसमा ढुक्क भए हुन्छ।’

प्रधानमन्त्री ओलीले पूर्व सहमतिअनुसार अहिले आफूले कांग्रेसबाट पूराका पूरा साथ पाएको र भोलि कांग्रेस नेतृत्वको सरकारलाई पनि एमालेले पूराका पूरा साथ दिने स्पष्ट गरे। उनले संसद्को हिउँदे अधिवेशनलाई कानुन निर्माणका व्यापक काम दिने पनि जनाउँदै सहमति भए छिटै संविधान संशोधन हुने र सहमति नभएमा केही समय लाग्ने स्पष्ट गरे।

प्रधानमन्त्री ओलीले आफूलाई रुघाखोकी लागेको समयमा अस्पतालको आइसीयूमा रहेका बेलाका तस्बिर सार्वजनिक गरेर भ्रम फैलाइएकामा टिप्पणी गर्दै भने, ‘मलाई रुघाखोकी लागेको हो। एन्टीबायोटिकले अलि कमजोर बनाएको छ तर हाँच्छ्यू गरेको देख्यो भने आइसीयूकक्षकमा बसेको फोटो आइहाल्छ। खोक्न पाएको छैन आइसीयुमा बसेको देखाउँछन्।’

प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्ने नाममा सीमित संख्या भएकाहरुको मोर्चा शक्ति बनाए भनेर चेतावनी दिनेहरुको भ्रमबाट मुक्त हुन पनि आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं–१: ‘सबैभन्दा हट’ क्षेत्र – गर्भवतीबाट समलिङ्गी अधिकारकर्मीसम्म, कांग्रेस बागीदेखि पठाओ सीइओसम्म !

सम्बन्धित

आज स्विट्जरल्यान्ड पुग्दै ट्रम्प, ग्रिनल्यान्ड एजेन्डासहित विश्वलाई सम्बोधन गर्ने

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

१६५ क्षेत्रमा ३४ सय ८४ जनाको उम्मेदवारीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं–१: ‘सबैभन्दा हट’ क्षेत्र – गर्भवतीबाट समलिङ्गी अधिकारकर्मीसम्म, कांग्रेस बागीदेखि पठाओ सीइओसम्म !

गगनको ‘बदला’ : कांग्रेसमा दुई तिहाइ सिटमा आफ्नै गुटका उम्मेदवार, देउवा–कोइराला गुट २७ प्रतिशतमा सीमित (सूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com