ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीले फेरि बुझायो अदालतले फिर्ता गरेको अनुसन्धान प्रतिवेदन


एबीसी न्यूज
माघ १४, २०८१ सोमबार  २ : २३ बजे

काठमाडौं १४ माघ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत जोडिएको साहारा चितवन सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले पुनस् सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

सरकारी वकिल कार्यालयले साहारा सहकारीको अनुसन्धान पूरा नभएको भन्दै केही दिन अगाडि प्रतिवेदन फिर्ता गरेपछि केही विषयहरू थप गरी पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका एक अनुसन्धान अधिकृतले जानकारी दिए ।

उनका अनुसार प्रहरीले आइतबार नै अनुसन्धान प्रतिवेदन बुझाएको हो । अदालत पेस हुनका लागि मिलाउनुपर्ने केही फर्म्याटहरू नमिलेको र रकम गएको विषयको विश्लेषणसमेत मिलाएर पठाइएको ती अनुसन्धान अधिकृतले बताए । प्रहरीले एक जना प्रतिवादीसमेत थप गरेर पठाएको छ ।

यसअघि प्रहरीले रकम हिनामिनाको आरोप लागेको सात कम्पनी, रवि लामिछाने सहित ३१ जनाविरुद्ध परेको पूरक जाहेरीको समेत अनुसन्धान गरीप्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको थियो । उक्त प्रतिवेदन कमजोर भएको र फर्म्याट अनुसार नभएको ठहर गर्दै सरकारी वकिल कार्यालयले फिर्ता पठाइदिएको थियो ।

 

चितवन प्रहरीले १९६ पृष्ठ लामो प्रतिवेदनसहित सहकारी ठगी तथा सम्पत्ति शुद्धीकरणमा गरिएको अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रहरीले सम्पति शुद्धीकरणको अनुसन्धान पनि पूर्ण नगरेको सरकारी वकिलले निष्कर्ष निकालेपछि फिर्ता पठाइएको थियो ।

सरकारी वकिल कार्यालयका अनुसार प्रहरीबाट थप अनुसन्धानसहितको प्रतिवेदन आएपछि अब त्यसमा अध्ययन गरेर चितवन जिल्ला अदालतमा एक सातादेखि १० दिनभित्र लामिछानेसहितका ३२ प्रतिवादीविरुद्ध अभियोग दर्ता गर्ने तयारी छ ।

केन्द्रबाट विज्ञहरुको टोलीसमेत आएर अनुसन्धान प्रतिवेदनको अध्ययन गर्ने स्रोतले जनाएको छ । प्रहरीको प्रतिवेदनमा सहारा सहकारीका कुल बचतकर्ता ६ हजार ३३४ रहेको उल्लेख छ । तीमध्ये बचत रकम ५२ करोड ३२ लाख ८५ हजार ३०८ रूपैयाँ हिनामिना भएको उल्लेख छ । तर, ४३ करोड रकम मात्रै ६ वटा कम्पनीमा गएको र अन्य रकम के कति कहाँ गएको हो भन्ने बारेमा प्रहरीको अनुसन्धान नपुगेको देखिएको सरकारी वकिलले जनाउँदै प्रतिवेदनमा ति विषय पनि समेट्न उल्लेख गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : राजनीतिशास्त्री प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

‘ऐतिहासिक दिन’ : अमेरिका–इरानबीच पाकिस्तानमा प्रत्यक्ष वार्ता, सकारात्मक वातावरणमा छलफल

सम्बन्धित

इस्लामाबादमा शक्ति संवाद: अमेरिका–इरान आमनेसामने, युद्धपछि शान्तिको परीक्षा !

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : राजनीतिशास्त्री प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

‘ऐतिहासिक दिन’ : अमेरिका–इरानबीच पाकिस्तानमा प्रत्यक्ष वार्ता, सकारात्मक वातावरणमा छलफल

हंगेरीमा १६ वर्षपछि ओरबानको सिंहासन डगमगाउँदै

नागढुङ्गा–मुग्लिङ सडक अनुगमनमा गृहमन्त्री गुरुङः ‘काममा ढिलासुस्ती भए ब्ल्याक लिस्टमा राखिने’ चेतावनी

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई गम्भीर घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com