ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा ट्रम्प प्रशासनले थाल्यो अवैध आप्रवासीलाई पक्राउ अभियान


एबीसी न्यूज
माघ १४, २०८१ सोमबार   २ : ०९   बजे

काठमाडौं १४ माघ ।      अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकामा अवैध रूपमा बसिरहेका आप्रवासीहरूलाई पक्राउ गर्न सुरू गरेको छ।

अमेरिकी न्याय विभागले कानुन कार्यान्वयन गराउने विभिन्न एजेन्सीहरू परिचालन गरी अवैध रूपमा वसोबास गरिरहेका आप्रवासीहरूलाई पक्राउ गर्ने अभियान चलाएको हो।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासी फिर्ताको विषयलाई गम्भीरतापूर्वक लिएको र कार्यकाल सुरू भएदेखि नै अवैध आप्रवासीलाई फिर्ता पठाउने प्रक्रिया सुरू हुने बताएका थिए।

आइतबार त्यो अभियान सिकागोबाट सुरू भएको भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सिकागोमा विभिन्न शंकास्पद स्थानहरूमा छापा मारेर प्रहरीले अवैध रूपमा बसोबास गर्दै आइरहेका आप्रवासीहरूलाई पक्राउ गरेको छ। अमेरिकाको अध्यागमन विभागले विज्ञप्ति जारी गरेर अवैध आप्रवासी पक्राउ अभियान चलाएको जानकारी गराएको सिएनएनको समाचारमा उल्लेख छ।

उक्त अभियान देशैभरि सुरू हुने भनिएको छ। केही मिडियाहरूले झन्डै एक हजार अवैध आप्रवासी आइतबार पक्राउ परेको भनेका छन् तर त्यसको यकिन विवरण भने सार्वजनिक भइसकेको छैन।

अपरेशनमा स्थानीय अधिकारीहरू भने संलग्न नरहेको न्युयोर्क टाइम्सले जनाएको छ।

ट्रम्पले अवैध आप्रवासीहरूलाई अपराधी भनेका थिए। त्यस्ता मानिसहरूलाई उनीहरू जहाँबाट आएका हुन् त्यहीँ पठाइने उनले बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group