ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेष घलेले बिक्रीमा राखे होटल ‘शेराटन’, १० अर्बमा डिल हुँदै


एबीसी न्यूज

काठमाडौं १४ माघ । गैर आवासीय नेपालीको लगानीमा निर्मार्णाधिन पाँच तारे होटल ‘शेराटन’ बिक्रीमा राखिएको छ । आजभन्दा १० बर्ष अघि गैर आवासीय नेपाली संघ एनआरएनए का पूर्व अध्यक्ष शेष घलेले बहुप्रतिक्षित परियोजनाको रुपमा अघि बढाएको होटल शेराटन निर्माण सम्पन्न भएर संचालनमा नआउँदै बिक्रीमा राखिएको हो ।

एनआरएनको लगानी भन्दै तत्कालीन प्रधानमन्त्री स्वर्गीय शुशील कोइरालाले गैरआवासीय नेपाली दिवसको अवसर पारेर विशेष प्राथमिकताका साथ उक्त होटलको शिलान्यास गरेका थिए । विदेशी लगानी भन्दै उच्च प्राथमिकता दिएर अघि बढाइएको उक्त परियोजना अहिले संचालनमा नआउँदै बिक्रीमा राखिएको छ ।

एनआरएनएका पूर्व अध्यक्ष शेष घलेको एमआईटी होल्डिङ ग्रुप नेपाल र शेराटन सिंगापुरको अन्तर्राष्ट्रिय स्टारवुड होटल एन्ड रिसोर्ट वल्डवाइडले उक्त होटल संचालन गर्ने सहमति भएको थियो । तर, शिलान्यास भएर निर्माण अघि बढेको १ दशक भईसक्दा पनि उक्त होटल संचालनमा नआएपछि घलेले उक्त होटल नै बिक्रीका लागि अघि बढाएका छन् ।

नारायणहिटी दरबार नजिक रहेको १३ रोपनी जग्गामा निर्माण सुरु गरिएको उक्त होटलको लागत साढे ६ अर्ब रुपैयाँ अनुमान गरिएको थियो । तर, भुकम्प, कोरोनाजस्ता महामारीले थलिँदै जाँदा उक्त होटलको लागत झण्डै दोब्बरले बढेको घले सम्बद्ध स्रोतले जानकारी दिएको छ । पछिल्लो समय संरचना निर्माणका लागि काठमाडौं महानगरपालिका लगायत सरकारी निकायको झण्झट तथा उच्च लागतका साथै होटल व्यवसायको भविष्यसमेत नरहेको भन्दै घलेले उक्त होटल बिक्रीमा राखेका हुन् ।

उनी निकट स्रोतका अनुसार उक्त होटलको बिक्री मूल्य १० अर्ब रुपैयाँ राखिएको छ । हाल होटल बिक्रीका विभिन्न चरणमा छलफल भइरहेको समेत उक्त स्रोतले जानकारी दिएको छ ।

होटल शिलान्यासको क्रममा विश्वव्यापी चर्चित ब्राण्ड शेराटन २०१८ फेब्रुअरीसम्ममा होटल सञ्चालनमा ल्याउने उद्घोष गरेको थियो । कुल २ सय २५ शैय्याको उक्त होटलमा चार वटा फुड एन्ड बेभरेज आउटलेट, आईटी हब, स्पा, स्विमिङ र फिटनेस सेन्टरको सुविधा रहने जानकारी दिइएको थियो । तर, घलेले पछिल्लो समय उक्त होटल निर्माण चरणमै बिक्री गरेर बहिरिन लागेका हुन् ।

यो होटलबाट शेराटनले भने केही समयअगावै हात झिकिसकेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुदूरपश्चिममा नेकपाको सबै १६ क्षेत्रमा उम्मेदवार टुंगो, भीम रावलदेखि प्रेम आलेसम्म

एमालेको झापामा ‘नेसनल भोलेन्टियर फोर्स’ गठन : ओलीको गृहजिल्लामा विकास गिरी कमान्डर

सम्बन्धित

सुदूरपश्चिममा नेकपाको सबै १६ क्षेत्रमा उम्मेदवार टुंगो, भीम रावलदेखि प्रेम आलेसम्म

एमालेको झापामा ‘नेसनल भोलेन्टियर फोर्स’ गठन : ओलीको गृहजिल्लामा विकास गिरी कमान्डर

रास्वपा उम्मेदवार टुंग्याउँदै : प्रमुख नेताहरूको क्षेत्र र रणनीति

प्रचण्डदेखि नारायणकाजी, रेनु देखि युवा अनुहारसम्म – कहाँ कसको उम्मेदवारी ?

महाराजगञ्जमा कांग्रेस सभापति थापा र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ?

राष्ट्रिय सभामा एमालेसँग गरेको सहमति कांग्रेसले कायमै राख्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com