ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बारामा ट्यांकर र पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, २ घाइते


एबीसी न्यूज

काठमाडौं १४ माघ ।   बारामा भएका सवारी दुर्घटनामा एक युवक र एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा एक बालिका र एक युवक घाइते भएका छन्।

आइतबार बाराको आदर्शकोतवाल र कलैयामा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु र दुईजना गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

बाराका डीएसपी प्रकाश सापकोटाका अनुसार आइतबार साँझ कलैया उपमहानगरपालिका ४ स्थित नेपाल बैंक अगाडि कलैयाबाट बरियारपुरतर्फ जाँदै गरेको ना ४ ख ४१८६ नम्बरको तेल बोक्ने ट्यांकरले सोही दिशातर्फ जाँदै गरेको ना ४७ प ५९९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार महिलाको मृत्यु भएको हो।

मृत्यु हुनेमा रौतहटको बृद्धावन नगरपालिका ३ विश्रामपुर निवासी ४० वर्षीया बबिता ठाकुर रहेकी छन्।

दुर्घटनामा गम्भीर घाइते भएकी बबिताको बाराकै परवानीपुरस्थित एलएस अस्पतलामा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा बबिताकी छोरी ११ वर्षीया मोनी ठाकुर घाइते भएकी छन्। उनको एलएस अस्पतालमै उपचार भइरहेको छ।

दुर्घटनापछि ट्यांकर चालक फरार भएका छन्। उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी आदर्शकोतवाल गाउँपालिका ६ लौकाहामा भारतीय नम्बर प्लेटको बीआर ३० एजे ३५२७ नम्बरको मोटरसाइकललाई बिपरित दिशाबाट आउँदै गरेको मधेस प्रदेश ०३ ००१ च ६७८८ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा २५ वर्षीय युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भारतको बिहारका २५ वर्षीय आदित्यकुमार पाठक छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डक अस्पताल वीरगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकको पछाडि सवार रौतहटको गौर नगरपालिका १ निवासी २२ वर्षीय राजन दास गम्भीर घाइते भएका छन्। उनको गण्डक अस्पतालमै उपचार भइरहेको छ।

मोटरसाइकलाई ठक्कर दिएर फरार भएको भ्यान र त्यसका चालक पर्साको सखुवा प्रसौनी गाउँपालिका १ निवासी २२ वर्षीय दिलिप माझीलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुदूरपश्चिममा नेकपाको सबै १६ क्षेत्रमा उम्मेदवार टुंगो, भीम रावलदेखि प्रेम आलेसम्म

एमालेको झापामा ‘नेसनल भोलेन्टियर फोर्स’ गठन : ओलीको गृहजिल्लामा विकास गिरी कमान्डर

सम्बन्धित

सुदूरपश्चिममा नेकपाको सबै १६ क्षेत्रमा उम्मेदवार टुंगो, भीम रावलदेखि प्रेम आलेसम्म

एमालेको झापामा ‘नेसनल भोलेन्टियर फोर्स’ गठन : ओलीको गृहजिल्लामा विकास गिरी कमान्डर

रास्वपा उम्मेदवार टुंग्याउँदै : प्रमुख नेताहरूको क्षेत्र र रणनीति

प्रचण्डदेखि नारायणकाजी, रेनु देखि युवा अनुहारसम्म – कहाँ कसको उम्मेदवारी ?

महाराजगञ्जमा कांग्रेस सभापति थापा र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ?

राष्ट्रिय सभामा एमालेसँग गरेको सहमति कांग्रेसले कायमै राख्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com