ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनेरास्ववियू क्रान्तिकारीको मतगणना अन्तिम समयमा स्थगित


एबीसी न्यूज

काठमाडौं १३ माघ । निर्वाचन समितिकै कारण अवरुद्ध बनेको अनेरास्ववियू क्रान्तिकारीको मतगणना अन्तिम समयमा स्थगित गरिएको छ।

विश्वविद्यालय र विशेष प्रदेश कमिटीमा खसेको मतपत्रको विषयमा विवाद भएपछि विहानदेखि मतगणना रोकिएको थियो। तर,फेरि सुचारु नभई स्थगित गरिएको हो।

दुईवटा प्रदेशमा खसेको ५ सय २२ मत गणना हुन बाँकी छ।  निर्वाचन समितिले स्थगित भएको सूचना प्रकाशन गर्दैछ।

काठमाडौंको बाल्मीकि विद्यापीठमा मतदान भएको दुईवटा प्रदेशको मतपत्रमा रातो मसी र निलो मसी प्रगोग भएको पाइएपछि मतगणनामा बसेका प्रतिनिधिले विरोध गरेका थिए। त्यसपछि रोकिएको मतगणना पछि सुचारु गर्नै नसकि रोकिएको हो।

‘अब भोलि विहान मतगणना थाल्नेगरी सूचना प्रकाशित हुँदैछ,’ निर्वाचन समितिका एक कृष्ण ढुङ्गानाले भने।

उनका अनुसार मतपत्रमा देखिएको विवाद समाधानका लागि निर्वाचन समितिले अध्यक्षका उम्मेदवार प्रतिनिधिसँग छलफल गरेको थियो।

क्रान्तिकारी केन्द्रीय निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधान आफैं छलफलमा जुटेका थिए। तर, फरक मसी प्रयोग भएका मतपत्र के गर्ने भन्ने निर्णय नगरी आयोगले मतगणना स्थगित गर्न लागेको हो।

क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा देखिएको छ।

७ प्रदेशको अन्तिम नतिजा आइसकेको छ, जसमा सापकोटाले ४५३ मत पाउँदा राईले ४३० मत पाएका छन्।

यस्तै, उपदेश यादवले १३८ मत पाएका छन्।  अब बाँकी दुईवटा प्रदेशमा ५२२ मत गणना हुन बाँकी छ।

अध्यक्षका लागि ५ जनाको उम्मेदवारी परेको थियो।

विजयप्रकाश शर्मा सापकोटालाई ३२ वर्षे उमेरहद लागेपछि नेतृत्वबाट बाहिरिन बाध्य भएका विद्यार्थी नेतासहित उपमहासचिव शक्ति बस्नेत लगायतले समर्थन गरेका छन्।

यस्तै, हेमन्त राईलाई उपमहासचिव जनार्दन शर्माले साथ दिएका छन्।  उपदेश यादवलाई माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समर्थन गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुदूरपश्चिममा नेकपाको सबै १६ क्षेत्रमा उम्मेदवार टुंगो, भीम रावलदेखि प्रेम आलेसम्म

एमालेको झापामा ‘नेसनल भोलेन्टियर फोर्स’ गठन : ओलीको गृहजिल्लामा विकास गिरी कमान्डर

सम्बन्धित

सुदूरपश्चिममा नेकपाको सबै १६ क्षेत्रमा उम्मेदवार टुंगो, भीम रावलदेखि प्रेम आलेसम्म

एमालेको झापामा ‘नेसनल भोलेन्टियर फोर्स’ गठन : ओलीको गृहजिल्लामा विकास गिरी कमान्डर

रास्वपा उम्मेदवार टुंग्याउँदै : प्रमुख नेताहरूको क्षेत्र र रणनीति

प्रचण्डदेखि नारायणकाजी, रेनु देखि युवा अनुहारसम्म – कहाँ कसको उम्मेदवारी ?

महाराजगञ्जमा कांग्रेस सभापति थापा र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ?

राष्ट्रिय सभामा एमालेसँग गरेको सहमति कांग्रेसले कायमै राख्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com