ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यादेश बनाउन भूमिका खेलेका विज्ञले कांग्रेस सांसदलाई दिए प्रशिक्षण


एबीसी न्यूज
माघ १३, २०८१ आईतबार  ७ : ५३ बजे

काठमाडौं १३ माघ । नेपाली कांग्रेसको संसदीय दलको पहिलो दिनको बैठकमा सरकारले हालै ल्याएका विभिन्न अध्यादेश बनाउन भूमिका खेलेका विज्ञहरुले प्रशिक्षण दिएका छन्।

आइतबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको दलको बैठकमा सेमन्त दाहाल, प्रताप पौडेल लगायतका विज्ञहरुले सांसदहरुलाई प्रशिक्षण दिएका हुन्।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले उनीहरुले अध्यादेशका विषयवस्तुका बारेमा सांसदहरुलाई जानकारी गराएको बताए।

बैठकबारे जानकारी गराउँदै उनले भने, ‘प्रताप पौडेल, सेमन्त दाहालले लगायतले अहिले आएका अध्यादेशका कन्टेन्टका विषयमा प्रकाश पार्नुभयो। बैठक आज यसमैमा सिमित भएको छ। आज यसबारेमा विस्तृतरुपमा छलफल भएको छ।’

दाहाल कानुनविद् हुन भने पौडेल योजनाविद् हुन्। उनीहरुले सरकारले बनाएको कानुन सुधार कार्यदलमा रहेर काम गरेका थिए।

त्यस्तै बैठकमा गृहमन्त्री रमेश लेखकले सरकारले गरेका कामकारबाहीबारे र महामन्त्री गगन थापाले सरकारले बनाएको संयन्त्रको आवश्यताबारे जानकारी गराएका थिए।

संसदीय दलको बैठक भोलि पनि बस्नेछ। भोलिको बैठकमा सांसदहरुले पनि बोल्ने र त्यसपछि मन्त्रीले जवाफ दिने घिमिरेले जानकारी दिए।

उनले भने,‘भोलिदेखि सांसदहरुले बोल्ने क्रम सुरु हुन्छ, सांसदहरुले बोलेपछि मन्त्रीहरुले जवाफ दिनुहुन्छ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तावमा कुन सांसदले के भने ?

संविधानका अक्षरहरू बहुमतको गणितले मात्रै कोरिन हुँदैन : सुहाङ नेम्वाङ

सम्बन्धित

ट्रम्प-सी शिखर भेट : ताइवान मुद्दामा सीको चेतावनी, ट्रम्पको प्रशंसा

ट्रम्पले बारम्बार भने : राष्ट्रपति सी महान् नेता हुन्

नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तावमा कुन सांसदले के भने ?

संविधानका अक्षरहरू बहुमतको गणितले मात्रै कोरिन हुँदैन : सुहाङ नेम्वाङ

ट्रम्पलाई बेइजिङमा स्वागत गर्दै सीको सन्देश : ‘प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ’

संसद् छल्दै प्रधानमन्त्री वालेन्द्र, बढ्दो आलोचना र जवाफदेहितामाथि प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com