ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदीय समितिमा विधेयक होल्ड हुँदा असहज भयो – प्रधानमन्त्री


एबीसी न्यूज

काठमाडौं १३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय समितिमा विधेयकहरू होल्ड हुँदा सरकारलाई काम गर्न असहजता भएको बताएका छन् । संघीय संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलासँगको भेटमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

एमाले संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीलाई भेट्न आइतबार बिहान मुख्य सचेतक बर्तौला प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । भेटमा संसदमा विचाराधीन विधेयकहरू अगाडि बढाउने विषयमा छलफल भएको बर्तौलाले जानकारी दिए ।

‘आम रुपमा सरकारको तर्फबाट प्रधानमन्त्रीज्यूको कुरा प्रष्ट छ– संसदीय समितिमा भएका विधेयकहरू लामो समय होल्ड हुँदा सरकारलाई काम गर्नका लागि असहजता भयो,’ ओलीको भनाइ उद्धृत बर्तौलाले भने ।

सरकारले संसदमा विधेयक पठाउँदा छिट्टै ऐनमा रुपान्तरित हुन्छ भन्ने मनसाय राख्ने गरेको तर व्यवहारमा त्यस्तो हुन नसकिरहेको पनि प्रधानमन्त्री ओलीको भनाइ छ ।

 

‘संसदमा सरकारले पठाउने विधेयकहरू दुई चार महिनाभित्र पारित गरेर आइदियोस् भन्ने अपेक्षाले पठाइएको हुन्छ,’ प्रधानमन्त्री ओलीले भने ।

सरकारको मनसाय समेत बुझेर विधेयकलाई संसदमा होल्ड हुन नदिनेगरी भूमिका खेल्न पनि प्रधानमन्त्री ओलीको निर्देशन छ ।

‘विधेयकहरू संसदमा वर्षौं होल्ड हुने कुरालाई तपाईंहरूले गम्भीरताका साथ ख्याल गर्नुपर्‍यो । कामका प्रकृतिलाई प्रभावकारी ढंगबाट बढी समय लिएर भूमिका खेल्नुपर्‍यो’ आफूहरूलाई प्रधानमन्त्रीले गरेको निर्देशन मुख्य सचेतक बर्तौलाले सुनाए ।

संघीय संसदको हिउँदे अधिवेशन यही माघ १८ गतेबाट सुरु हुँदैछ । अब बस्ने अधिवेशन सौहार्द होस् भन्ने पनि प्रधानमन्त्री ओलीको चाहना छ ।

‘सरकारको चाहना बढी भन्दा बढी राष्ट्रिय इस्युहरू र जनसरोकारको विषयमा बहस पैरवी गर्ने थलोको रुपमा अगाडि बढिदियोस्,’ प्रधानमन्त्रीको चाहना मुख्य सचेतक बर्तौलाले सुनाए । संसदलाई नीतिगत बहस गर्ने थलोको रुपमा विकास गरिनुपर्नेमा उनको जोड रहेको छ ।

‘आरोपरप्रत्यारोपको शृङखला धेरै बढ्यो । यो भन्दा पर गएर संसद नीति, विधि र कानुन बनाउने कुरामा ध्यान दिन सकियोस्,’ प्रधानमन्त्री ओलीको आग्रह छ ।

सरकारलाई खबरदारी नै गर्न नपाइने भन्ने नहुने तर, विरोधका लागि विारेध गर्ने प्रवृति भने हुन नहुने प्रधानमन्त्री ओलीको सन्देश छ ।

‘सिर्जनात्मक विषयहरुमा सरकारलाई खबरदारी गर्ने कुरा हो भने हामी त्यसलाई एकनलेज गर्छौं तर, एकदमै सुमधुर ढंगबाट हाउस अगाडि बढोस्’ प्रधानमन्त्रीको सन्देश सुनाउँदै बर्तौलाले भने, ‘सिंगो देशले हाउसलाई हेर्दा एउटा गर्वको काम भएको छ भन्ने महसुस होस् । त्यसपकृतिको काममा तपाईंहरुको समन्वय, सहजीकरण होस् भन्ने नै उहाँ प्रधानमन्त्री ओली०को हामीलाई निर्देशन छ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुदूरपश्चिममा नेकपाको सबै १६ क्षेत्रमा उम्मेदवार टुंगो, भीम रावलदेखि प्रेम आलेसम्म

एमालेको झापामा ‘नेसनल भोलेन्टियर फोर्स’ गठन : ओलीको गृहजिल्लामा विकास गिरी कमान्डर

सम्बन्धित

सुदूरपश्चिममा नेकपाको सबै १६ क्षेत्रमा उम्मेदवार टुंगो, भीम रावलदेखि प्रेम आलेसम्म

एमालेको झापामा ‘नेसनल भोलेन्टियर फोर्स’ गठन : ओलीको गृहजिल्लामा विकास गिरी कमान्डर

रास्वपा उम्मेदवार टुंग्याउँदै : प्रमुख नेताहरूको क्षेत्र र रणनीति

प्रचण्डदेखि नारायणकाजी, रेनु देखि युवा अनुहारसम्म – कहाँ कसको उम्मेदवारी ?

महाराजगञ्जमा कांग्रेस सभापति थापा र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ?

राष्ट्रिय सभामा एमालेसँग गरेको सहमति कांग्रेसले कायमै राख्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com