ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

करोड धरौटी बुझाएर आजै रिहा हुने रविको तयारी


एबीसी न्यूज

काठमाडौं १३ माघ । सुप्रिम सहकारी ठगी प्रकरणका अभियुक्त एवं रास्वपा सभापति रवि लामिछाने रुपन्देही जिल्ला अदालतले मागेको एक करोड रुपैयाँ धरौट बुझाउने प्रक्रियामा छन्।

आजै रिहा हुने गरी प्रक्रिया अघि बढाइएको उनका सहयोगीले बताएका छन्। अहिले बैंकका कर्मचारीसहितको टोली अदालती प्रक्रियामा सघाइरहेको छ।

जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले रलिलाई १ करोड रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको छ।

आदेशमा भनिएको छ, ‘मिसिल संलग्न तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादीले आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार नदेखिँदा पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई यी प्रतिवादी रवि लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम रु। १ करोड नगद धरौट, जेथाजमानत वा सर्तसहित बैंक ग्यारेन्टी दिएमा लिई तारेखमा राख्नू, सो बुझाउन नसके कानुनबमोजिमको थुनुवा पुर्जी दिई थुनामा राख्न स्थानीय कारागार पठाउनू।’

रूपन्देहीमा रविलाई थुनामा पठाउने कि बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न पाउने भनेर तीन दिनसम्म बहस चलेको थियो। आफूविरुद्ध सहकारी ठगी र संगठित अपराधको आरोपमा मुद्दा दायर भएपछि लामिछाने गएको बुधबार अदालतमा हाजिर भएका थिए। त्यसदिन बयान लिएर बिहीबारदेखि थुनछेक बहस सुरु गरिएको थियो।

यसअघि रविले कास्कीमा ६५ लाख र काठमाडौँमा ६० लाख रुपैयाँ धरौटी बुझाइसकेका छन्। रुपन्देहीको समेत जोड्दा २ करोड २५ लाख रुपैयाँ पुगेको छ।

चितवन र पर्सामा पनि उनका विरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दा दायर हुँदै छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुदूरपश्चिममा नेकपाको सबै १६ क्षेत्रमा उम्मेदवार टुंगो, भीम रावलदेखि प्रेम आलेसम्म

एमालेको झापामा ‘नेसनल भोलेन्टियर फोर्स’ गठन : ओलीको गृहजिल्लामा विकास गिरी कमान्डर

सम्बन्धित

सुदूरपश्चिममा नेकपाको सबै १६ क्षेत्रमा उम्मेदवार टुंगो, भीम रावलदेखि प्रेम आलेसम्म

एमालेको झापामा ‘नेसनल भोलेन्टियर फोर्स’ गठन : ओलीको गृहजिल्लामा विकास गिरी कमान्डर

रास्वपा उम्मेदवार टुंग्याउँदै : प्रमुख नेताहरूको क्षेत्र र रणनीति

प्रचण्डदेखि नारायणकाजी, रेनु देखि युवा अनुहारसम्म – कहाँ कसको उम्मेदवारी ?

महाराजगञ्जमा कांग्रेस सभापति थापा र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ?

राष्ट्रिय सभामा एमालेसँग गरेको सहमति कांग्रेसले कायमै राख्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com