ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा इन्स्पेक्टर विष्ट दोषी ठहर


एबीसी न्यूज

काठमाडौं १३ माघ । नेपाल प्रहरीका निरीक्षक इन्स्पेक्टर लोकबहादुर विष्ट नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा दोषी ठहर भएका छन्।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आइतबार उनलाई दोषी ठहर गर्दै सजाय सुनाएको छ।

विष्टलाई ४ हजार जरिवानाको फैसला भएको छ। नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं। १, गुल्म नं। ४, नक्सालमा कार्यरत तत्कालीन प्रहरी निरीक्षक लोकबहादुर विष्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असारमा मुद्दा दायर गरेको थियो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीहरूले सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भन्दै छानबिनको माग गर्दै अख्तियारमा उजुरी परेको थियो।

अख्तियारले अनुसन्धानका क्रममा प्रहरी निरीक्षक विष्टले प्रहरी सेवा प्रवेश गर्दा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको दाबी गरेको थियो। माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश बोर्ड अफ हाई स्कुल एण्ड इन्टरमिडियट एजुकेसन युपीबाट जारी भएको प्रमाण पत्र नक्कली रहेको विशेष अदालतको ठहर छ।

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरमार्फत परीक्षणका लागि पठाएकोमा अपुष्ट भन्ने विवरण प्राप्त भएको अदालतले उल्लेख गरेको छ।

विष्ट २०५५ साल कात्तिक १ गते प्रहरी सहायक निरीक्षक असई मा भर्ना भएका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुदूरपश्चिममा नेकपाको सबै १६ क्षेत्रमा उम्मेदवार टुंगो, भीम रावलदेखि प्रेम आलेसम्म

एमालेको झापामा ‘नेसनल भोलेन्टियर फोर्स’ गठन : ओलीको गृहजिल्लामा विकास गिरी कमान्डर

सम्बन्धित

सुदूरपश्चिममा नेकपाको सबै १६ क्षेत्रमा उम्मेदवार टुंगो, भीम रावलदेखि प्रेम आलेसम्म

एमालेको झापामा ‘नेसनल भोलेन्टियर फोर्स’ गठन : ओलीको गृहजिल्लामा विकास गिरी कमान्डर

रास्वपा उम्मेदवार टुंग्याउँदै : प्रमुख नेताहरूको क्षेत्र र रणनीति

प्रचण्डदेखि नारायणकाजी, रेनु देखि युवा अनुहारसम्म – कहाँ कसको उम्मेदवारी ?

महाराजगञ्जमा कांग्रेस सभापति थापा र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ?

राष्ट्रिय सभामा एमालेसँग गरेको सहमति कांग्रेसले कायमै राख्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com