ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भन्सार विभागले थाल्यो वस्तु आयातमा प्रयोग हुने प्रज्ञापनपत्रमा क्यूआर कोड सेवा


एबीसी न्यूज

काठमाडौं १३ माघ । भन्सार विभागले वस्तु आयातमा प्रयोग हुने प्रज्ञापनपत्रमा क्यूआर कोड सेवा सुरू गरेको छ। नक्कली र सक्कली प्रज्ञापनपत्र छुट्याउने गरी क्वीआर कोडको प्रयोग थालिएको हो।

यसले भन्सारमा आयात भई बिक्री हुने वस्तु वैध वा अवैध भन्ने सघाउँछ। विभागको सिस्टममा क्यूआर कोड स्क्यान भए सक्कली र नभए नक्कली हुने विभागले जनाएको छ।

भन्सार दिवसको कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राजस्व प्रगति गत वर्षको तुलनामा बढे पनि लक्ष्य भेट्टाउन सक्ने गरी काम गर्न निर्देशन दिएका छन्।

चालू आर्थिक वर्षको अन्त्यसम्म राजस्वको लक्ष्य पूरा गर्ने विश्वास व्यक्त गरे।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले वस्तु जाँचपासमा प्रक्रियागत झन्झठ हटाउनुपर्ने बताए। अन्तर्राष्ट्रिय भन्सार प्रशासनमा प्रविधिको प्रयोग बढे पनि नेपालमा त्यसअनुसार बढ्न नसकेको उनको भनाइ छ।

भन्सार प्रशासन राजस्व उठाउने मात्रै नभई अन्तर्राष्ट्रिय व्यापार बढाउने संस्था रहेकाले सहजीकरण गर्नुपर्ने बताए। आधुनिक स्क्यानर नहुँदा भन्सारबाट वस्तु पास हुन ढिलाइ हुने गरेको छ।

तयारी वस्तुको तुलनामा कच्चा पदार्थको भन्सार दर एक तह लागू गर्ने बताइए पनि बहाना देखाउँदै बढी लिँदा स्वदेशी उद्योगलाई अप्ठ्यारो भइरहेको उनले उल्लेख गरे।

खुल्ला सीमामा अवैध कारोबार बढ्दा सीमापारि व्यापार बढे पनि नेपालको घटेको छ। विश्वमा १० डिजिटको एचएस कोड प्रचलनमा आउँदा नेपालमा ८ डिजिटको मात्रै छ। यसले अन्योल हुने गरेको अग्रवाल बताउँछन्।

कुल राजस्वमा ४८ प्रतिशत भन्सार चुस्त बनाउनुपर्ने उनले बताए बताए। तजबिजी अधिकार घटाउनुपर्ने निजी क्षेत्रको सुझाव छ। राजस्व सचिव दिनेशकुमार घिमिरेले प्रविधिको प्रयोगले यसलाई घटाउन सहयोग पुग्ने बताए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं–१: ‘सबैभन्दा हट’ क्षेत्र – गर्भवतीबाट समलिङ्गी अधिकारकर्मीसम्म, कांग्रेस बागीदेखि पठाओ सीइओसम्म !

सम्बन्धित

आज स्विट्जरल्यान्ड पुग्दै ट्रम्प, ग्रिनल्यान्ड एजेन्डासहित विश्वलाई सम्बोधन गर्ने

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

१६५ क्षेत्रमा ३४ सय ८४ जनाको उम्मेदवारीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं–१: ‘सबैभन्दा हट’ क्षेत्र – गर्भवतीबाट समलिङ्गी अधिकारकर्मीसम्म, कांग्रेस बागीदेखि पठाओ सीइओसम्म !

गगनको ‘बदला’ : कांग्रेसमा दुई तिहाइ सिटमा आफ्नै गुटका उम्मेदवार, देउवा–कोइराला गुट २७ प्रतिशतमा सीमित (सूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com