काठमाडौं, ३० फागुन । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त भइसकेका प्रधान न्यायाधीशबाट पद तथा गोपनीयताको सपथ लिएकी छिन्।
भण्डारीलाई बुधबार प्रधानन्यायधिश गोपालप्रसाद पराजुलीले पद तथा गोपनीयताको सपथ दिलाएका हुन् ।
तर राष्ट्रपतिले सपथ लिनुअघि नै प्रधानन्यायाधीश पराजुली पदमुक्त भएको पत्र न्यायापरिषद सचिवालयबाट बुधबारै सार्वजनिक भएको छ ।
न्यायपरिषदको पत्रमा पराजुली उमेर हदका कारण गत साउन २१ गतेदेखि नै प्रधानन्यायाधीश पदमा नरहेको स्पष्ट पारिएको छ ।
न्यायपरिषदले पदमुक्त गरेकै व्यक्तिबाट राष्ट्रपतिले पद तथा गोपनीयताको सपथ लिएपछि राष्ट्रपति भण्डारीले लिएको सपथलाई वैधानिकता मान्ने वा नमान्ने भन्ने गम्भीर प्रश्न उब्जिएको छ ।
प्रतिक्रिया दिनुहोस्