ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी राष्ट्रपति ट्रम्पले सपथग्रहण लगत्तै चीन र भारतको भ्रमण गर्ने !


एबीसी न्यूज

 

काठमाडौं ६ माघ । अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाले लगत्तै चीनको भ्रमण गर्ने योजना बनाएका छन् । ट्रम्पले आफ्ना सल्लाहाकारहरुलाई चीन भ्रमणको तयारी गर्न लगाएको वाल स्ट्रिट जर्नलले एक्सकुलुसिभ समाचारका रुपमा उल्लेख गरेको छ । ट्रम्पको चीन भ्रमणले चिनियाँ नेता सी जिनपिङसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन खोजेको रुपमा हेरिएको छ । ट्रम्पले चुनावी दौडदेखि नै लागतार चिनियाँ वस्तु तथा सेवा आयातमाथि बढी ट्यारिफ लागु गर्ने धम्की दिंदै आएका छन् ।

ट्रम्पले २०१७ मा कार्यकाल शुरु गरेको एक वर्ष पछि बेइजिङ्ग भ्रमण गरेका थिए । ट्रम्पले आफ्नो पहिलो १०० दिनको अवधिमा चीन भ्रमणका लागि रुचि देखाएको बताइएको छ ।

ट्रम्प र सीले गत शुक्रबार पहिलो पटक फोनमा कुरा गरेका थिए । दुई नेताबीचको फोन वार्ताका क्रममा व्यापार, फेन्टानाइल, टिकटक र अन्य विषयहरूका बारेमा छलफल भएको थियो । ‘म अपेक्षा गर्छु कि हामी धेरै समस्याहरू सँगै समाधान गर्नेछौं, र तुरुन्तै सुरू गर्नेछौं’ ट्रम्पले फोनपछि सामाजिक मिडियामा लेखेका थिए।

ट्रम्पले सीलाई  समारोहमा निमन्त्रणा गरेका थिए । उनको सपथ ग्रहण समारोहमा सीले आफ्ना उपराष्ट्रपति हान झेंगलाई पठाउँदैछन्।

चीनमा आर्थिक दबाब बढ्दै जाँदा, बेइजिङ्गले ट्यारिफ वृद्धि रोक्न वा कम से कम ढिलो पार्नका लागि वार्तामा संलग्न हुन चाहन्छ। बेइजिङ्गको निर्णय–निर्माणमा नजिकका व्यक्तिहरूका अनुसार, दुवै नेताहरू बीचको शिखर बैठकले प्रक्रिया सुरु गर्न मद्दत पुर्याउन सक्छ। ट्रम्पले चिनियाँ आयातमाथि ६० प्रतिशतसम्म ट्यारिफ लगाउने बताउँदै आएको वाल स्ट्रिट जर्नलले उल्लेख गरेको छ ।

चिनिया नेता सी जिनपिङ र उनकी पत्नी पेङ लियुआनले २०१७ मा मार–ए–लागोमा आयोजित स्वागत भोजमा सहभागी थिए ।

ट्रम्पले आफ्ना सल्लाहकारसँग भारत भ्रमणको सम्भावना पनि छलफल गरेको जर्नलले उल्लेख गरेको छ ।

ट्रम्पले ताइपेईसँगको अमेरिकाको संवेदनशील सम्बन्धलाई कसरी सम्हाल्ने भन्ने विषयमा धेरै कुरा भनेका छैनन्, केवल ताइवानका नेताहरूलाई रक्षा खर्चमा उल्लेखनीय वृद्धि गर्न दबाब दिएको छ। शुक्रवारको फोन वार्तामा सीले ट्रम्पलाई ताइवानको मुद्दालाई ूसावधानीपूर्वकू सम्हाल्न सम्झाएका थिए, यसलाई राष्ट्रिय संप्रभुता र क्षेत्रीय अखण्डताको चिन्ता भन्दै, सरकारी मिडियाले रिपोर्ट गरेको छ।

ताइवानका विधायिका युआनका सभापति हान कुओ–यू, ले ट्रम्पको सपथ ग्रहण समारोहमा सहभागी हुने ताइवानका सांसदहरूको टोलीको नेतृत्व गर्ने बताइएको छ । यो टोलीमा डेमोक्रेटिक र राष्ट्रवादी कुओमिन्ताङ पार्टीका सांसदहरू समावेश रहेका छन् ।
ट्रम्पको सपथ ग्रहणमा भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकरले सहभागिता जनाउने छन् । भारतीय मिडियाका अनुसार सपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भने निमन्त्रणा गरेरनन् । ट्रम्पको सपथ ग्रहण समारोहमा इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी, अर्जेन्टिनाका राष्ट्रपति हाभिएर मिलेई लगायत उपस्थित हुनेछन् । ट्रम्पका निकट बैचारिक सहयोगी मानिने भिक्टर अर्वानलाई निमन्त्रणा गरिए पनि उनी जान नसक्ने भएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गगन थापाले सर्लाही–४ रोजेपछि क्षेत्रमा कडा प्रतिस्पर्धा : अमरेश सिंह मुख्य चुनौती

कार्यकर्तालाई मनोबल उच्च पार्न आग्रह गर्दै ओलीले भने– दुईतिहाइ मतले जित्छु

सम्बन्धित

गगन थापाले सर्लाही–४ रोजेपछि क्षेत्रमा कडा प्रतिस्पर्धा : अमरेश सिंह मुख्य चुनौती

कार्यकर्तालाई मनोबल उच्च पार्न आग्रह गर्दै ओलीले भने– दुईतिहाइ मतले जित्छु

शहीद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त प्रचण्ड

माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग

देश चलाउन सक्रिय विदेशी शक्तिलाई रुकुमपूर्वबाट जवाफ दिन्छु– प्रचण्ड

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com