काठमाडौं, ३० फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंगो राष्ट्रलाई एक ढिक्का बनाएर जनताले दिएको अभिभाराबमोजिम परिवर्तनलाई संस्थागत गर्दै विकास र समृद्धिको लडाइँमा आफूहरुले विजय हासिल गर्ने दृढता व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुसँग आयोजना गर्नुभएको चियापानमा बोल्दै प्रचण्डले परिवर्तनकारी मिलेको देख्न नचाहने प्रतिक्रियावादीले विगतका कटुतालाई प्रचार गरेर आफूहरुको एकता भाँड्न खोजे पनि त्यो सफल हुन नसक्ने दाबी गर्नुभयो ।
कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सरकारलाई समर्थन गर्ने संघीय संसद् र प्रदेशसभाका सदस्यको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्