ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधान समयको माग अनुसार संसोधन हुन्छ : ओली


admin

काठमाण्डौ, ३० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले  संविधान गतिशिल दस्तावेज भएकोले आवश्यकता र औचित्यका आधारमा संसोधन गर्न सकिने स्पष्ट पार्नु भएको छ ।
प्रधानमन्त्री ओलीलाई संसदमा विश्वासको मत दिएका प्रतिनिधि सभा सांसद, राष्टिय सभा तथा प्रदेश सभाका सांसदहरुलाई  प्रधानमन्त्री निवास बालुवाटारमा धन्यवाद दिने क्रममा आज प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

‘संविधान समयको माग अनुसार संसोधन हुन्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘ तर देशलाई नोक्सानी हुने गरी,अखण्डतामा असर पर्ने गरी संसोधन हुदैन । देशलाई थप मजवुद तर एकतावद्ध पार्नका लागि संसोधन हुन्छ । ’

प्रधानमन्त्री ओलीले सरकालाई आतंककारी क्रियाकलाप सैह्य नहुने बताउनुभएको छ । अप्राकृतिक,असामाजिक तत्वहरुले यस किसिमका क्रियाकलापबाट फाइदा लिन्छु भन्ने नसोचे राम्रो हुने प्रधानमन्त्री ओलीको चेतावनी छ ।
प्रधानमन्त्री ओलीले सरकार हिंसा र अपराध रोक्न कडाइका साथ लागिपर्ने बताउनुभएको छ । ‘अब बलात्कारका घटना रोकिन्छन् । महिला हिंसाका विरुद्ध जागरण अभियान पनि चलाइन्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘कडा कानुन बनाएर कार्यन्वयन पनि गरिन्छ ।’ प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचारप्रति असहिष्णु हुने कुरा दोहोर्याउनु भएको छ ।
प्रधानमन्त्री ओलीले केही तत्वहरुले सरकार बलियो हुँदा तानशाही हुने ,लोकतन्त्र नहुने,सरकार अनुशासित भयो भने तानाशाह हुने, लोकतन्त्र नहुने,कानुनको राज भयो भने निरंकशुता हुने लोकतन्त्र नहुने जस्ता प्रचार गरेर जनतालाई भ्रमित पार्न खोजेको बताउनु भएको छ । ‘यस्ता भ्रममा पर्नु हुदैन’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘कुनै पनि कुराको समय हुन्छ । यसरी सत्यलाई छोपेर जनालाई भ्रमित पार्ने समय सकियो । अब जनताले सत्य के हो भ्रम के हो आफै छुट्याउन सक्छन् ।’
प्रधानमन्त्री ओलीले सांसदहरुलाई मर्यादामा बस्न निर्देशन दिनु भएको छ । जनताको मतले आफूहरु सांसद भएकोले हरेक गतिविधि जनताको हितका निमती गर्न प्रधानमन्त्रीले सांसदहरुलाई सम्झाउनु भएको छ । ‘जनताले जे कुरा मन पराउछन् त्यो गर्नुहोस ,जे कुरा मन पराउदैनन् त्यो गदै नगर्नुहोस’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले देश बनाउनका लागि सबैले सदुपयोगको सिद्धान्त अपनाउनु पर्ने बताउनुभएको छ । ‘अब हरेक मिनेट समय,हरेकको बुद्धि,हरेकको पसिना,हरेक टुक्रा जमिन सदुपयोग गर्नुपर्छ’  प्रधानमन्त्री ओलीले भन्नुभयो ‘यी सबै कुराको गाम्भिर्यतालाई बुझ्न सकियो भने देश निर्माण हुन समय लाग्दैन ।’ देश भतांभुंग अवस्थामा रहे पनि शुन्य अवस्थाबाट सुधार सुरु गरेर छिटै नै देशलाई यसरी समृद्ध बनाउन सकिन्छ देखाउन आफूहरु प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

कार्यक्रममा नेकपा(एमाले), नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम, राष्टिय जनता पार्टीका प्रतिनिधि सभा, राष्टिय सभा र प्रदेश सभाका सांसदहरुको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com