ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले संसद्को मानहानी गर्‍यो : वर्षमान पुन


एबीसी न्यूज

काठमाडौं २ माघ । पूर्वअर्थमन्त्री वर्षमान पुनले समितिमा छलफल भइरहेका विधेयकलाई अध्यादेशमार्फत् ल्याएर सरकारले संसद्को मानहानी गरेको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पुनले यसबारे सरकारको ध्यानाकर्षण पनि गरेका छन् ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७६ संशोधन गर्न बनेको विधेयक संसद्मा प्रस्तुत भएर समितिमा हुँदाहुँदै सरकारले अध्यादेश ल्याएकोमा उनको आपत्ति थियो ।

‘सरकारले चार वटा अध्यादेश जारी गरेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०७६ संशोधन गर्न बनेको विधेयक संसदमा प्रस्तुत भएर समितिमा छ,’ उनले भने, ‘समिति बैठकको कार्यसूचीमा वितरण पनि भएको थियो । फिर्ता पनि लिएको छैन । फिर्ता लिने प्रक्रियाहरू मिचेर सरकारले जसरी अध्यादेश जारी गरेको छ । यो संवैधानिक व्यवस्था विपरीत छ । अर्कोतिर संसद्को मानहानी र कार्यक्षेत्र माथि हस्तक्षेप भएको छ ।’

 

समितिले पनि यो विषयमा चासो राख्नुपर्ने बताउँदै पुनले सरकारले जनप्रतिनिधिलाई नै हेप्ने काम गरेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

स्थानीय र प्रदेश छाडेर प्रतिनिधिसभातर्फ लर्को (सूची)

सम्बन्धित

समृद्ध मुलुक निर्माण गर्न ऊर्जा प्रदान गरोस्ः राष्ट्रपति

जानकी मन्दिरको आरतीमा बालेन र अमरेश, बिहानै पुगेर गरे पूजाअर्चना

स्थानीय र प्रदेश छाडेर प्रतिनिधिसभातर्फ लर्को (सूची)

प्रगतिशील लोकतान्त्रिक पार्टीको समानुपातिक बन्दसूची सार्वजनिक, ९३ को नाम (पूर्ण सूची)

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

आज सोनाम ल्होसार, घोडा वर्षको शुभारम्भ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com