ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संवैधानिक नियुक्ति विवादको सुनुवाइबाट न्यायाधीश फुयाल अलग्गिए, सुनुवाइ अर्को पेसीमा


एबीसी न्यूज

काठमाडौं २ माघ । विभिन्न संवैधानिक निकायका ५२ जना पदाधिकारीको नियुक्ति विवादको सुनुवाइबाट न्यायाधीश हरिप्रसाद फुयाल अलग्गिएका छन्।

उनले संवैधानिक इजलासमा बुधबार आफू यस मुद्दाको सुनुवाइबाट अलगिएको घोषणा गरेका हुन्। मुद्दाको सुनुवाइका लागि पालो आएपछि आफूले हेर्न नमिल्ने भएकाले अलगिएको घोषणा गरेका थिए।

यो घोषणासँगै अब उनीबाहेकको संवैधानिक इजलास गठन हुनेछ।  तत्कालीन केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषद्को सिफारिसमा नियुक्त भएका ५२ जना संवैधानिक पदाधिकारीसम्बन्धी विवाद ४ वर्षदेखि सर्वोच्चमा विचाराधीन छ।

२०७७ सालमा सुरू भएको विवाद संवैधानिक इजलासमा विभिन्न कारणले सुनुवाइ प्रभावित हुँदै आएको छ।

आज ९बुधबार० प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी रहेको इजलासमा पेसी चढेको थियो।

यस विवादको अघिल्लो पेसी पुस १७ गते थियो। त्यस दिन इजलास सुरु हुनै लाग्दा रिट निवेदकहरू आज सुनुवाइको पालो आउँछ कि आउँदैन भनेर जानकारी लिन पुगेका थिए। त्यसबेला उनीहरूलाई इजलासबाट ‘पालो आउन पनि सक्छ’ भन्ने जवाफ दिइएको थियो।

त्यसै क्रममा निवेदक अधिवक्ता ओमप्रकाश अर्यालले न्यायाधीश फुयालले यो विवाद हेर्न मिल्ने हो कि होइन भनेर पनि जिज्ञासा राखेका थिए। जवाफमा न्यायाधीश फुयालले ‘तथ्यमा प्रवेश गरेपछि थाहा हुने’ बताएका थिए।

यसअघि फुयालले संवैधानिक इजलासमा चलिरहेको सुनुवाइ रोक्न एकल इजलासबाट अन्तरिम आदेश दिँदा आलोचना भएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

स्थानीय र प्रदेश छाडेर प्रतिनिधिसभातर्फ लर्को (सूची)

सम्बन्धित

समृद्ध मुलुक निर्माण गर्न ऊर्जा प्रदान गरोस्ः राष्ट्रपति

जानकी मन्दिरको आरतीमा बालेन र अमरेश, बिहानै पुगेर गरे पूजाअर्चना

स्थानीय र प्रदेश छाडेर प्रतिनिधिसभातर्फ लर्को (सूची)

प्रगतिशील लोकतान्त्रिक पार्टीको समानुपातिक बन्दसूची सार्वजनिक, ९३ को नाम (पूर्ण सूची)

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

आज सोनाम ल्होसार, घोडा वर्षको शुभारम्भ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com