ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपतिले सिंहदरबारभित्र बनिरहेको संसद् भवनको अवलोकन गर्दै


एबीसी न्यूज

काठमाडौं २९ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले आज सिंहदरबार परिसरभित्र निर्माणाधीन संसद् भवन अवलोकन गर्दै छन् । त्यसका लागि उनी दुई बजे सिंहदरबार आउने कार्यक्रम छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल असोज १ गते सिंहदरबार परिसरभित्र नयाँ संसद् भवन शिलान्यास गरेका थिए । तीन वर्षमा निर्माण सम्पन्न गर्ने भनिएको संसद भवन अझै बनिसकेको छैन ।

भ्याट बाहेक ६ अर्ब ९२ करोड रुपैयाँमा भवन निर्माण गर्ने ठेक्का टुन्डी शेक जेभीले पाएको छ ।

सम्झौताअनुसार १५ असोज २०७९ मा संसद भवन तयार भइसक्नुपर्ने थियो । तर कोराना महामारीको समयमा काम रोकिएपछि निर्माण व्यवसायीले थप ६ महिनाको समय पाएको थियो । त्यसअनुसार उसले ३० चैत २०७९ मा काम सक्नुपर्ने थियो । तर गत वैशाखमा फेरि ६ महिना म्याद थप गर्दै आउँदो २८ असोजभित्र काम सक्नुपर्ने गरी समय दिइएको थियो ।

 

२०८१ साउनमा सहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्माणाधीन भवनको निरीक्षण गर्दै नौ महिनाभित्र काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिइएको बताएका थिए । तर काममा अझै पनि सन्तोषजनक प्रगति भएको छैन ।

सिंहदरबारभित्रको संसद भवन निर्माणमा ढिलाइ हुँदा सरकारले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद चलाउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमालेको अछाम–१ मा उम्मेदवार फेरबदल,झपट बोहराको टिकट खोसियो

नेपाल प्रहरीका ४८ एसपीको सरुवा:चुनावको हटस्पट मानिएको झापामा खड्का

सम्बन्धित

ओली–बालेन झापा जाँदै, प्रचण्ड रुकुम पूर्व, माधव नेपाल रौतहट

एमालेको अछाम–१ मा उम्मेदवार फेरबदल,झपट बोहराको टिकट खोसियो

सुदूरपश्चिमका १६ नेकपा उम्मेदवार टुंगो, कुन समूहका कति ?

सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार

मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

नेपाल प्रहरीका ४८ एसपीको सरुवा:चुनावको हटस्पट मानिएको झापामा खड्का

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com