ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँमा रविविरुद्ध सरकारी वकिलको बहस- कास्की अदालतको आदेश बिर्साैं, यहाँ थुनामै राखौँ


एबीसी न्यूज

काठमाडौं २९ पुस । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा जारी थुनछेक बहसमा अहिलेसम्म ५ जना सरकारी वकिलले बहस सकेका छन्।

रविविरुद्ध बहसका लागि तयार भएका ११ जना सरकारी वकिलमध्ये दिउँसो सवा १ बजेसम्म जम्मा ५ जनाले मात्र बहस सकेका हुन्।

रविविरुद्ध हालसम्म सरकारी वकिलहरू खडिन्द्रपराज पन्त, चन्द्रप्रसाद सञ्जेल, सन्तोषराज कटुवाल, राधिका सुवाल र बिना खड्का थापाले बहस गरेका हुन्।

जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बहस भइरहेको हो।

यसअघि न्यायाधीश अधिकारीले सरकारी वकिललाई २ घण्टामा बहस सक्न भनेका भए पनि २ घण्टा २० मिनेटमा जम्मा ५ जनाले मात्र बोलिसकेका हुन्।

अहिले खाजाका लागि समय छुट्याइएको छ।  यसपछि पनि सरकारी वकिलकै बहस जारी रहने अदालतले जनाएको छ।

अहिलेसम्म बहस गरेका पाँचै सरकारी वकिलले प्रतिवादी रवि लामिछानेलाई थुनामै राखिनुपर्ने जिकिर गरेका छन्।  उनीहरूले कास्की जिल्ला अदालतले दिएको आदेशलाई बिर्सेर यहाँ लामिछानेलाई थुनामै राखिनुपर्ने अवस्था हरेको तर्क गरेका हुन्।

बहसका क्रममा सरकारी वकिलले भने, ‘कास्की जिल्ला अदालतबाट के आदेश भयो, त्यो बिर्सौँ, यहाँचाहिँ रवि लामिछानेलाई थुनामै राखौँ।’

बहसका क्रममा सरकारी वकिलहरूले रवि लामिछाने जत्तिको व्यक्तिलाई कानुनको अनभिज्ञता क्षम्य हुन नसक्ने बताएका छन्।

बहस गर्दै सरकारी वकिलले भने, ‘संगठित रूपमा ठगी भएको छ, ८ सयभन्दा बढी चेक काटिएका छन्, स्वर्णलक्ष्मी सहकारीकै पैसाले गाडी किनिएको छ, उहाँ रवि लामिछाने जत्तिको मान्छेलाई कानुनको अनभिज्ञता क्षम्य हुनै सक्दैन।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com