ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गठबन्धन ०८४ सम्मै चल्छ, संविधान संशोधनको मिति घोषणा गर्ने विषय होइन – गृहमन्त्री


एबीसी न्यूज

काठमाडौं २९ पुस । गृहमन्त्री रमेश लेखकले वर्तमान सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्मै चल्ने दाबी गरेका छन् । आइतबार सिंहदरबारमा बसेको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सो दाबी गरेका हुन्

गठबन्धन नटिक्ने भन्ने कुरा हल्लामात्रै भएको जिकिर गर्दै उनले त्यसमा विश्वास गर्नुपर्ने कुनै कारण नभएको पनि बताए ।

‘यो गठबन्धन टिक्दैन भन्ने हल्ला हो । यो हल्लामा विश्वास गर्नुपर्ने कुनै कारण छैन । यो गठबन्धन टिकिरहेको छ । राम्रो काम गर्नेकुरामा अघि बढेको छ,’ गृहमन्त्री लेखकले भने ।

नेकपा एमाले र नेपाली कांग्रेसले गरेको सात बुँदे सहमतिअनुसार नै ०८४ सालको निर्वाचनसम्म यो सरकार चल्ने उनको दाबी थियो ।

 

संविधान संशोधन ०८७ पुग्छ की कहाँ पुग्छ भनेर अहिले घोषणा गर्ने विषय नभएको पनि उनले बताए ।

‘हामी दुई पार्टी नेपाली काँग्रेस र नेकपा एमाले बीचमा बनेको सात बुँदे सहमति बमोजिम गठबन्धन रहन्छ । र सहमतिअनुसार नै ०८४ सालको निर्वाचनसम्म यो गठबन्धन कायम हुन्छ,’ उनले भने, ‘संविधान संशोधन चरणवद्ध हो । ०८७ पुग्छ की कहाँ पुग्छ भनेर अहिले घोषणा गर्ने विषय होइन । संविधानको सबैभन्दा पहिला सबल र दुर्बल पक्षको पहिचान गर्ने हो ।’

संविधान संशोधनका लागि १० वर्षको संविधानको अभ्यासमा देखिएका राम्रा र नराम्रा पक्षको अध्ययन गर्नुपर्ने उनले बताए ।

‘के संशोधन गर्ने भन्नेमा सहमति गर्नपर्छ र मात्रै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने हो । के संशोधन गर्ने भन्नेमा हामीले दुई दलको कार्यदल बनाएर काम शुरु गरेका छौँ,’ गृहमन्त्री लेखकले भने ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन आयोगमाथि प्रश्न उठ्न थाल्यो, शान्ति सुरक्षा अझै कायम हुन सकेको छैनः ओली

एमालेको अछाम–१ मा उम्मेदवार फेरबदल,झपट बोहराको टिकट खोसियो

सम्बन्धित

निर्वाचन आयोगमाथि प्रश्न उठ्न थाल्यो, शान्ति सुरक्षा अझै कायम हुन सकेको छैनः ओली

झापा पुगे ओली

ओली–बालेन झापा जाँदै, प्रचण्ड रुकुम पूर्व, माधव नेपाल रौतहट

एमालेको अछाम–१ मा उम्मेदवार फेरबदल,झपट बोहराको टिकट खोसियो

सुदूरपश्चिमका १६ नेकपा उम्मेदवार टुंगो, कुन समूहका कति ?

सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com