ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टीआरसीबारे प्रचण्ड, ऐन बनेपछि अब त हुन्छ भनेको फेरि पनि भएन


एबीसी न्यूज

काठमाडौं २४ पुस । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ऐन बनेपछि संक्रमणकालीन न्यायको विषय अगाडि बढ्ने आफूले सोचे पनि फेरि त्यसमा अवरोध भएको टिप्पणी गरेका छन्।

बुधबार काठमाडौँमा आयोजित शान्ति प्रक्रिया र वेपत्ता नागरिकहरुको सार्वजनिकिकरणको सवाल विषयको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका उनले भने, ‘यो जसरी सोचेको, त्यसरी जान सकेको छैन। ऐन बनिसकेपछि दुवै सदनबाट पारित भइसकेपछि र राष्ट्रपतिले पनि त्यसलाई हस्ताक्षर गरिसकेपछि अब त हुन्छ भनेको फेरि पनि भएन।’

आफ्नै प्रस्तावमा संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी सिफारिस गर्न समिति बनेको भए पनि राजनीतिक कारणले त्यसलाई काम गर्न नदिएको दाबी गरे। ‘त्यो सिफारिस समिति फेरि मेरै प्रस्तावमा बनेको समिति हो,’ प्रचण्डले भने, ‘तर, त्यहाँ धेरै चिजहरु भए। मैले अहिले ती सबै पोका फुकाउन आवश्यक पनि छैन।’

अहिले पनि संक्रमणकालीन न्याय९टीआरसी०को बिषय टुंग्याउन कठिन हुनुमा राजनीति नै कारक रहेको बताए। ‘विषय यो कानुनी भन्दा पनि बढी राजनीतिक नै छ,’ प्रचण्डले भने, ‘१२ बुँदे समझारी र विस्तृत शान्ति सम्झौता आफैमा राजनीतिक दस्तावेज हुन्। र, ती सम्झौताहरु सबै संविधानको अगंको रुपमा मानिएको छ। ती संविधान पनि हुन्। तर, कुरा अहिले टुंग्याउन कठिन भएको राजनीतिक नै हो।’
उनले थपे, ‘राजनीतिक कारणले नै हो। त्यहाँ कन्फ्युजन हुनेपर्ने कारण केही छैन।’

पहिले माओवादी सिध्याएपछि मात्रै यो विषय टुंग्याउने भन्ने प्रवृत्तिले नै यसलाई रोकेको प्रचण्डले ठोकुवा गरे। ‘माओवादी सिध्याएर मात्रै अनि के गर्नुपर्छ गरौंला भन्ने सोच र प्रवृत्तिका राजनीतिक मान्छे पनि छन्,’ उनले भने, ‘एउटा राजनीतिक प्रवृत्ति यस्तो छ। टुंगिन लागेको बेला रोक्छ त्यसले। माओवादी नेतृत्वलाई तह लगाउने, ठिक लगाउने र सिध्याउने अन्तिम हतियार यही हो। टुंग्याउन हुन्न भन्ने प्रवृत्ति छ।ु

प्रचण्डले दवाव दबाव नबढाए अर्को १८ वर्ष पनि टीआरसी नटुंगिने भन्दै अब सडक र सदनबाट यसलाई लिएर दबाव बढाउने सुनाए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसबाट कहाँ–कहाँ कसले पाए टिकट ?

रास्वपाका नेताहरू कसको प्रतिस्पर्धा कोसँग ? झापामा ओली र बालेन

सम्बन्धित

रास्वपाका नेताहरू कसको प्रतिस्पर्धा कोसँग ? झापामा ओली र बालेन

बागलुङमा नेकपा र मसालबीच चुनावी तालमेल

कांग्रेसको कोशी प्रदेश उम्मेदवार सूची: १३ मध्ये १२ नयाँ अनुहार, रामहरि मात्र अनुभवी

पार्क भिलेजमा कांग्रेस टिकटको रस्साकसी: आरजुको सट्टा मनुलाई मौका

कांग्रेस विवादः देउवा पक्षको ‘यू–टर्न’ मुद्दा फिर्ता लिन सहमत

नेकपाबाट समाजवादी पक्षका कतिले पाए टिकट ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com