ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्र बैंकले खोलिदियो लघुवित्तलाई कम्पनीमा लगानी गर्ने बाटो


एबीसी न्यूज

काठमाडौं २४ पुस । लघुवित्त कम्पनीले अब नेपाल राष्ट्र बैंकको लगानी रहेका कम्पनीमा लगानी गर्न पाउने भएका छन्।

राष्ट्र बैंकले ९घ० वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाका लागि एकीकृत निर्देशन(२०७९ जारी गर्दै लगानीको बाटो खोलिदिएको हो।

नेपाल लघुवित्त वित्तीय संस्थाले संगठित संस्थाको सेयर, डिबेन्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लगानी गर्न नपाइने व्यवस्था गरेकामा राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकको लगानी रहेका संस्थामा भने लगानी गर्न पाउने व्यवस्था गरेको हो।

निर्देशनमा भनिएको छ, ‘नेपाल राष्ट्र बैंकको कामरकारबाही वा दायित्व पूरा गर्न सहयोग पुग्ने उद्देश्यले राष्ट्र बैंकको लगानी समेतमा स्थापित नेसनल बैकिङ इन्स्टिच्युट, नेपाल क्लियरिङ हाउस, कर्जा सूचना केन्द्रलगायतका संस्थाहरूमा र नेपाल फिनसफ्ट कम्पनीमा लगानी गर्न यस व्यवस्थाले बाधा पुगेको मानिने छैन।’

यसबाहेकका संगठित संस्थाको सेयर, डिबेन्चर तथा सामूहिक लगानी कोषमा लगानी गरेमा सो रकमलाई पुँजीकोष गणना गर्दा प्राथमिक पुँजीबाट घटाउनुपर्ने समेत व्यवस्था गरेको छ।

यस्तै राष्ट्र बैंकले निर्देशनमार्फत कार्यकारी प्रमुख पदमा पनि थप कडाइ गरेको छ।

जसमा संस्थाको चुक्तापुँजी १ प्रतिशत वा सो भन्दा बढी सेयर धारण गर्ने सेयरधनी र निजको एकाघरका परिवारका सदस्यले सो संस्थाको सञ्चालक तथा कार्यकारी प्रमुख पदमा बाहेक अन्य पदमा नियुक्त हुन नपाउने व्यवस्था छ।

चुक्ता पुँजी ५ प्रतिशत वा सोभन्दा बढीको सेयर स्वामित्व भएका व्यक्ति पनि सो संस्थाको कार्यकारी प्रमुख पदमा बस्न नपाउने व्यवस्था गरिएको हो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसबाट कहाँ–कहाँ कसले पाए टिकट ?

रास्वपाका नेताहरू कसको प्रतिस्पर्धा कोसँग ? झापामा ओली र बालेन

सम्बन्धित

रास्वपाका नेताहरू कसको प्रतिस्पर्धा कोसँग ? झापामा ओली र बालेन

बागलुङमा नेकपा र मसालबीच चुनावी तालमेल

कांग्रेसको कोशी प्रदेश उम्मेदवार सूची: १३ मध्ये १२ नयाँ अनुहार, रामहरि मात्र अनुभवी

पार्क भिलेजमा कांग्रेस टिकटको रस्साकसी: आरजुको सट्टा मनुलाई मौका

कांग्रेस विवादः देउवा पक्षको ‘यू–टर्न’ मुद्दा फिर्ता लिन सहमत

नेकपाबाट समाजवादी पक्षका कतिले पाए टिकट ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com