ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिर्तामोडका पूर्व मेयर शिवाकोटी बलात्कार अभियोगमा कारागार चलान


एबीसी न्यूज

काठमाडौं २२ पुस । बलात्कारको अभियोगमा झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई कारागार चलान भएका छन्।

शिवाकोटीलाई सोमबार जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। अदालतको आदेशसँगै उनलाई कारागार लगिएको प्रहरीले जानकारी दिएको छ।

आफ्नै घरमा काम गर्ने १७ वर्षकी नाबालिक बलात्कारको आरोपमा शिवाकोटीलाई प्रहरीले मंसिर २४ गते पक्राउ गरेको थियो।

यसअघि स्वास्थ्यको कारण देखाउँदै अनुसन्धानका क्रममा प्रहरी हिरासतमा नबसी अस्पतालमा बसेका थिए। तर अदालतले सोमबार कारागारलाई नै स्वास्थ्य उपचारको व्यवस्था गर्न आदेश दिएको छ।

बालिकालाई शिवाकोटीले जबर्जस्ती करणी गरेको भन्दै घरछाडेर कलेज पोषाकमै भारततर्फ लागेकी थिइन्। तर उनलाई काँकडभिट्टा नाकामा संस्थाका कर्मचारीले रोकेका थिए।
बालिकाले घटनाबारे बताएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको थियो।

प्रहरीले शिवाकोटीलाई र बालिकाका परिवारलाई पनि प्रहरी कार्यालय बोलाएको थियो। बालिकाका आफन्त उपस्थित भएर जाहेरी दिएपछि शिवाकोटीलाई प्रहरीले त्यहीदिन हिरासतमा राखेको थियो।

शिवाकोटी २०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोडको मेयरमा निर्वाचित भएका थिए। उनी मेयरमा निर्वाचित भएको एक महिना पनि नपुग्दै बालिकाको पालन पोषण गर्ने र पढ्ने व्यवस्था पनि मिलाइदिने शर्तमा घरमा राखेका थिए। बालिका उनकै घरमा बसेर काम गर्दै पढिरहेकी थिइन्। हाल उनी ल्याव टेक्निसियन पढिरहेकी थिइन्।

तर आफू कक्षा ८ मा पढ्दादेखि नै मेयर शिवाकोटीले पटक पटक बलात्कार गरेको आरोप पीडितको छ। श्रीमती घरबाहिर गएको बेला आफूलाई बलात्कार गर्ने गरेको आरोप पीडित बालिकाको छ।

शिवाकोटीले भने बालिकालाई छोरी मानेर सोही अनुसार व्यवहार गरेको दाबी गर्दै अदालतमा बयान दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसले १ सय ४० निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्यायो

देउवाले टिकट नपाएपछि चुनाव लड्न् घोषणा गरे

सम्बन्धित

कांग्रेसले १ सय ४० निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्यायो

देउवाले टिकट नपाएपछि चुनाव लड्न् घोषणा गरे

रास्वपाका नेताहरू कसको प्रतिस्पर्धा कोसँग ? झापामा ओली र बालेन

बागलुङमा नेकपा र मसालबीच चुनावी तालमेल

कांग्रेसको कोशी प्रदेश उम्मेदवार सूची: १३ मध्ये १२ नयाँ अनुहार, रामहरि मात्र अनुभवी

पार्क भिलेजमा कांग्रेस टिकटको रस्साकसी: आरजुको सट्टा मनुलाई मौका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com