ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नगर प्रमुख चौधरीमाथि हामीले आक्रमण गरेका होइनौं : विप्लव माओवादी


admin

धनगढी । विप्लव नेतृत्वको माओवादीले घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीमाथि भएको आक्रमण आफूहरूबाट नभएको जनाएको छ ।

‘चौधरीमाथि भएको गोली एवं खुकुरी प्रहार घटना सुनियोजित हो’ टेलिफोन कुराकानी गर्दै जिल्ला सचिवालय सदस्य विनोद विष्टले भने ‘हाम्रो पार्टी अहिले हतियार उठाएर जनकारवाही गर्ने पक्षमा छैन् ।’ उनका अनुसार पार्टीले अहिले कालोमोसो दल्ने, जनसहभागितामा भ्रष्टाचारीलाई कारवाही गर्ने लगायतका काम गरिरहेको छ । पार्टीले हतियार उठाएर कसैमाथि आक्रमण गर्ने कार्यक्रम नरहेको जनाएको छ ।


पार्टीले नगर प्रमुख चौधरीमाथि कारवाही गर्ने भनेर विज्ञप्ति जारी गरेको भएपनि पार्टीको जनकारवाहीमा हतियारले आक्रमण गर्ने कारवाही पनि नरहेको उनले बताए ।

सो घटनामा संलग्न भएको आशंकामा प्रहरीले विप्लव नेतृत्वको माओवादीका तीन जना कार्यकर्तालाई सोधपुछका लागि ईलाका प्रहरी कार्यालय सुखडमा लगेको छ । राति घरमै सुतिरहेको अवस्थामा राष्ट्रिय युवा जनस्वयसेवक संगठनका अध्यक्ष कमल क्षेत्री (पवित्र), नगर सेक्रेटरी भरत शाह र टीकापुर नगर सेक्रेटरी हृदय बोगटीलाई नियन्त्रणमा लिएको छ ।

पार्टीले कार्यकर्ता पक्राउ परेकोमा ध्यानाकर्षण भएको जनाउँदै पक्राउ सबैलाई विना सर्त रिहाई गर्नुपर्ने, घटनाको सत्यतथ्य छानविन गरी दोषिलाई कारवाही गर्नुपर्ने लगायतका माग गरेको छ । साथै, राति घरमै सुतिरहेको अवस्थामा प्रहरीले बिना प्रमाण पक्राउ गरी मानवअधिकारको हनन् भएको प्रति मानवअधिकारले पनि दवाव दिनुपर्ने उल्लेख छ ।
घरमै बसिरहेका बेला सोमबार साँझ नगर प्रमुख चौधरीमाथि आक्रमण भएको थियो । घटनास्थलबाट गोलीको एक खोका समेत फेला पारिएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक कर्णसिंह कार्कीले बताए ।
चौधरीको कम्मरमुनि गोली लागेको र टाउकोमा खुकुरी प्रहार भएको छ । उनलाई कोहोलपुरबाट १० बजेर १० मिनेटमा आर्मीको हेलिकोप्टरमा थप उपचारका लागि काठमाडौं लगिएको छ ।

सोमबार बेलुकी ८ बजेर १० मिनेटको समयमा घरमै बसिरहेका बेला दुई मोटरसाइकलमा आएका ४ जनाले चौधरीमाथि गोली प्रहार र आक्रमण गरेका थिए ।
चौधरीमाथि आक्रमण गरेपछि २ जना मोटरसाईकलमा र अन्य मोटरसाइकल छोडेर नगर प्रमुखको घरबाट पश्चिमतर्फ रहेको जंगलतिर भागेका थिए । से २ प ३६७१ नम्बरको मोटरसाइकल प्रहरीले नगर प्रमुखको घरबाट बरामद गरेको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार बोक्सी आरोपमा राधा चौधरीमाथि कुटपिट गर्नेलाई जोगाउन खोजेका मेयर चौधरीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ ।


गत बिहीबार घोडाघोडीमै राधा चौधरीमाथि ‘बोक्सी’को आरोपमा झाँक्री रामबहादुर चौधरीले कुटपिट गर्दा मेयर ममताप्रसाद चौधरी रमिते बनेको र प्रहरीले पक्राउ गरेका दोषीलाई छुटाउन पहल गरेको आरोप लागेको छ । मेयर चौधरीले राधा चौधरीलाई बोक्सी आरोपमा कुटपिट गर्ने दोषीलाई प्रहरीबाट छुटाउन खोजेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि रातमा १२ घण्टा गाडी चलाउन रोक

यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णयहरू

सम्बन्धित

स्पेन प्रकरण, भिजिट भिसामा गएकाहरू फर्के नफर्केको जाँच प्रहरीले गर्ने

सेयर बजार ४ महिनाकै उच्च, बैंकमा आकर्षण

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com