ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नगर प्रमुख चौधरीमाथि गोली हानेको आरोपमा विप्लवका तीनजना पक्राउ


admin

कैलाली, २९ फागुन । कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि सांघातिक आक्रमणको आरोपमा तीन जना पक्राउ परेका छन् । चौधरीलाई उनकै निवासमा गोली र खुकुरी प्रहार गरेको आरोपमा तीन जनालाई सोधपुछका लागि पक्राउ गरीएको प्रदेश नम्बर ७ का प्रहरी प्रमुख एआईजी माधव नेपालले बताए ।

पक्राउ व्यक्तिहरु विप्लवको कार्यकर्ता रहेको जनाएको छ । उनीहरुसंग सोधपुछ जारी रहेको र अन्य संलग्नको खोजी भईरहेको नेपालले बताए ।

नगर प्रमुख चौधरीको अहिले कोहलपुर मेडीकल कलेजमा उपचार भईरहेको छ । उनको अवस्था खतरामुक्त भएपनि टाउकोमा चोट लागेकोले थप उपचारका लागि काठमाण्डौ लग्ने तयारी भैरहेको नेपालले बताए । उनलाई हेलिकप्टर मार्फत काठमाण्डौ लग्ने तयारी भैरहेको उनले बताए ।

घट्ना स्थलबाट प्रहरीले गोलीको एउटा खोका बरामद गरेको एआईजी नेपाललको बताउदै प्रहार गरिएको गोली पेस्तोलबाट चलाईएको बताए ।
सोमबार राति ८ बजेर १० मिनेटमा अज्ञात समुहले चौधरीलाई उनकै निवासमा गोली र खुकुरी प्रहार गरेका थिए । प्रहरी प्रमुख घिमिरेका अनुसार नगर प्रमुख चौधरीको टाउकोमा खुकुरी र कम्मर मुनि गोलीको छर्रा लागेको छ ।
चौधरीमाथि गोली र खुकुरी प्रहार गरेपछि दुई जना मोटरसाईकलमा र दुई जना नगर प्रमुख घरबाट पश्चिमतर्फ रहेको जंगल तिर फरार भएका थिए । से २ प ३६७१ नम्बरको मोटरसाईकल प्रहरीले नगर प्रमुखको घरबाट बरामद गरेको छ । सो मोटरसाईकलमा आक्रमणकारी आएका थिए ।

चौधरीको घरभन्दा ३० मिटर दुरीमा रहेको रामबहादुर महराले आक्रमण हुन थालेपछि नगर प्रमुख चौधरीले बचाउ भनेको सुनेर घरमा पुगेको र आक्रमणकारी भागेको बताए । महरालेनै चौधरीलाई सुखडको घोडाघोडी अस्पतालमा मोटरसाईकलमा राखेर पुर्याएका थिए ।

प्रारम्भिक अनुसन्धानअनुसार बोक्सी आरोपमा राधा चौधरीमाथि कुटपिट गर्नेलाई जोगाउन खोजेका मेयर चौधरीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ ।

गत बिहीबार घोडाघोडीमै राधा चौधरीमाथि ‘बोक्सी’को आरोपमा झा“क्री रामबहादुर चौधरीले दुव्र्यबहार गर्दा मेयर ममताप्रसाद चौधरी रमिते बनेको समाचार आएपछि उनी विवादित बनेका थिए । मेयर चौधरीले राधा चौधरीलाई बोक्सी आरोपमा कुटपिट गर्ने दोषीहरुलाई प्रहरीबाट छुटाउन खोजेका थिए ।

सेक्रेटरी ईन्चार्ज महानको हष्ताक्षरमा सोमबार विहान नगर प्रमुख चौधरीलाई कारबाही गर्ने भनेर विप्लव नेतृत्वको माओवादी विज्ञप्ती जारी गरेको थियो ।
यसैबिच, युवा संघ नगर कमिटी घोडाघोडीले सुखड बजार बन्दको आह्वान गरेको छ । उसले चौधरी माथी आक्रमण गर्नेलाई तत्काल पक्राउँ गर्न दबाब दिन बन्दको आह्वान गरिएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com