ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हामी बाहिरै भए पनि ०८४ मा पार्टी ठूलो भएको हेर्न पाऊँ – विन्दा पाण्डे


एबीसी न्यूज
पुस ११, २०८१ बिहीबार  १२ : १८ बजे

काठमाडौं ११ पुस ।   नेकपा एमालेबाट जिम्मेवारीमुक्त भएकी स्थायी कमिटी सदस्य डा। विन्दा पाण्डेले सचिवालय बैठकले गरेको निर्णयले दीर्घकालीन असर पर्ने बताएकी छन्।

बुधबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ६ महिनाका लागि जिम्मेवारीविहीन गर्ने निर्णय गरेपछि प्रतिक्रिया दिँदै उनले जबजको बाटोमा हिँड्नुपर्ने पार्टी उल्टै विवादास्पद व्यक्तिलाई च्यापेर हिँड्दा त्यसको दूरगामी असर पर्ने बताएकी हुन्।

०८४ मा एमालेले ठूलो शक्ति बन्ने लक्ष्य राखेकोमा यस्ता व्यवहारले असर पर्ने उनले बताइन्।

‘सचिवालयलाई मजस्ता मान्छेलाई पार्टीबाट अलग गर्दा हाम्रो पार्टी गजब हिसाले अगाडि बढ्छ, अनुशासित भएर अगाडि बढ्छ, नैतिक भएर अगाडि बढ्छ भन्ने लागेको छ भने ठीकै छ त। पार्टी राम्रो होस् अझै बृहत होस्,’ पाण्डेले  भनिन, ‘अहिले ०८४ सम्म जसरी हामीले राष्ट्रिय शक्ति निर्माण गरेर जाने भनेका छौँ। यसले अझै बृहत् राष्ट्रिय शक्तिको हिसाबले निर्माण होस्। हामी बाहिरै भए पनि ठूलो भएको पार्टी हेर्न पाऊँ शुभकामना छ।’

व्यवसायी मीनबहादुर गुरुङले दिएको कीर्तिपुरको जग्गामा एमाले पार्टी कार्यालय बनाउन शिलान्यास गरिएपछि पाण्डेले पाँच लाख कार्यकर्ताको अपमान हुने भन्दै निर्णय फिर्ता लिन सुझाव दिएकी थिइन्। त्यसपछि एमालेले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

डा पाण्डेले दिएको स्पष्टीकरण चित्त नबुझेको भन्दै बुधबार बसेको सचिवालय बैठकले ६ महिनासम्म जिम्मेवारीविहीन बनाउने निर्णय लिएको छ।

‘पार्टीको नीति र विधि, लोकतान्त्रिक प्रतिस्पर्धा गर्ने जबजबाट निर्देशित पार्टी जनताको बीचमै आफूलाई स्थापित गर्दै जानुपर्ने हो। तर, सत्ताको नेतृत्व गरिराखेको, सुशासनको कुरा गरिराखेको पार्टीले विवादित व्यक्तिसँग मिल्नु ठीक भएन भनेर भनिएको कुरालाई लिएर पार्टीले यसरी समीक्षा गर्नुभन्दा उल्टै कारबाही गरेर पार्टीलाई राम्रो हुन्छ भन्ने नेतृत्वलाई लागेको छ भने यसले पार्टीलाई दीर्घकालीन हिसाबले राम्रो असर पर्दैन। यसको रिजल्ट दीर्घकालीन हिसाबमै कुर्नुपर्छ,’ उनले थपिन्, ‘हामीलाई कारबाही गरेर बहुदलीय जनवादमा पुगिन्छ भन्ने नेतृत्व केपी शर्मा ओली०लाई लागेको छ भने त्यो भविष्यले देखाउला नि त।’

कात्तिक ४ गते उनीसहित पूर्वउपाध्यक्ष भीम रावल र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनासँग पनि एमालेले स्पष्टीकरण सोधेको थियो। बुधबार तीनै नेता कारबाही भोग्नेमा परेका छन्।

‘पार्टीको खास नेतृत्वलाई यही कारबाही गर्दा पार्टी बलियो हुन्छ भन्ने लागेको भएरै यो निर्णय गरिएको होला,’ डा पाण्डेले थपिन्, ‘ हामी, केही साथी पार्टीबाहिर बस्ने, भीम रावलजस्तो मान्छे पार्टीबाट बाहिरै बस्दा पार्टी दरिलो हुन्छ, पार्टी बलियो हुन्छ भन्ने सचिवालयको निर्णय हो भने, हेरौँ न त१ पार्टी बलियो हुन्छ भने हामीलाई निकालेर केही फरक पर्दैन।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपा, कांग्रेस र नेकपाको बैठक आज

११ महिनामा ६ हजार विपद्का घटना, ४६४ जनाको मृत्यु

सम्बन्धित

मध्यपूर्व संकटका बीच होर्मुज स्ट्रेट पार गर्दै तेल र ग्याँस बोकेका जहाज भारत आउँदै

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

आजदेखि वर्षा गराउने प्रणाली पश्चिमतिर पनि विस्तार हुने

११ महिनामा ६ हजार विपद्का घटना, ४६४ जनाको मृत्यु

ट्रम्पको निक्सन क्षण आउँदै: परमाणु धम्कीको भाषा फेरि अन्तर्राष्ट्रिय द्वन्द्वमा मुद्रा बन्दैछ

मनकामनाबाट फर्कँदै गरेको माइक्रो बस दुर्घटना, ७ जनाको मृत्यु, मृतक सबै भारतीय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com