काठमाडौँ, २८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको एक विमानमा आज दिउँसो १४ः२० बजे आगो लाग्दा घाइते भएका यात्रुको उद्धार भइरहेको छ ।
विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार बंगलादेशबाट काठमाडौँ आएको उक्त विमानमा लागेको आगो निभाउन अहिले नेपाली सेना, नेपाल प्रहरी, काठमाडौँ तथा ललितपुर महानगरपालिका र विमानस्थलकै दमकलले आगो निभाउने कार्य गरिरहेका छन् ।
विमानको अवस्था हेर्दा यात्रु जीवित रहने सम्भावना एकदमै कम रहेको सुरक्षाकर्मीहरुले बताएका छन्।
उद्धार कार्यमा संलग्न एक उच्च सुरक्षा अधिकारीले देशसञ्चारसँग भने, ‘ठूलो संख्यामा यात्रुको ज्यान गएको छ। अहिलेसम्म १७ जनालाई उद्धार गरेर अस्पताल लगिएको छ। करिब ५० यात्रुको ज्यान गएको छ।’
युएस बंग्लाको उक्त क्यानेडियन एयरक्राफ्टमा ६७ यात्रु र चालकदलका ४ सदस्य थिए। उक्त विमान ढाकाबाट काठमाडौँ आएको थियो।
प्रतिक्रिया दिनुहोस्