ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरेली टेनिस यात्रा अन्तर्राष्ट्रियस्तर तर्फ लम्कँदै


admin

पोखरा, २८ फागुन। पर्यटकीय नगरीका रुपमा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएको पोखरामा २०२८ सालदेखि शुरु भएको टेनिस खेलको यात्राले वर्तमानमा आइपुग्दा धेरै फड्को मारिसकेको छ ।

पृथ्वीनारायण क्याम्पस परिसरमा पहिलोपटक २०२८ सालमा टेनिस खेलका लागि कोर्ट बनेसँगै त्यसयता पोखराले यस खेलमा थुप्रै राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका खेलाडी तयार गरिसकेको छ ।

पछिल्लो समयमा निजीस्तरबाट पोखरामा टेनिस कोर्ट बन्ने क्रमले गति लिएको कास्की जिल्ला टेनिस संघका अध्यक्ष विनोद कायस्थ बताउनुहुन्छ ।

“पृथ्वीनारायण क्याम्पसका संस्थापक जर्ज जोन र रञ्जित गुरुङको सक्रियतामा उक्त कोर्ट निर्माणसँगै पोखरामा टेनिस खेलले गति लिएको हो”, उहाँले भन्नुभयो, “पछिल्ला समयमा भएका विभिन्न प्रतियोगितासँगै कुमार अधिकारी, अभिषेक बास्तोलाजस्ता अन्तर्राष्ट्रियस्तरमा नै आफ्नो पहिचान बनाउन सक्ने खेलाडी यहीँबाट तयार भए ।” उहाँका अनुसार कुमार अधिकारी हाल टेनिस खेलमा नै संलग्न रही माल्दिभ्समा हुनुहुन्छ भने अभिषेक बास्तोला अमेरिकामा हुनुहुन्छ ।

पोखरामा भएको टेनिसको विकाससँगै राष्ट्रियस्तरमा छ÷सात वर्षअघि गंगा शर्मा पहिलो नम्बरको खेलाडी बनेको जानकारी दिँदै उहाँले प्रदीप शर्मा चौथो नम्बर एवं अनिल शाही उत्कृष्ट १० जनामा पर्नुभएको बताउनुभयो ।

पोखरामा टेनिसको भौतिक पूर्वाधार निर्माण पनि विकासको क्रममा रहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “पोखरा रङ्गशालाभित्रको लगभग २० रोपनी क्षेत्रफलको जग्गामा हाल पाँचवटा क्ले कोर्ट बनिसकेको छ भने दुईवटा कोर्ट बन्ने तयारीमा छ ।” अब बन्ने दुईमध्ये एउटा हार्ड कोर्ट र अर्को क्ले कोर्ट हुने कायस्थले जानकारी दिनुभयो ।

पोखरामा निजीस्तरबाट पनि टेनिस कोर्ट निर्माणमा धेरै लगानी भएको उहाँले बताउनुभयो ।
निजीस्तरबाट सञ्चालित कोर्टमध्ये चाउथेस्थित बिएनबी टेनिस कोर्ट, लेकसाइडस्थित गुरुङ भिलेज टेनिस कोर्ट, तेर्सापट्टीस्थित रत्नश्री टेनिस कोर्ट, घारीपाटनस्थित पोखरा होम्स टेनिस कोर्ट यहाँका महत्वपूर्ण टेनिस कोर्ट हुन् ।

त्यस्तै पोखरा लेखनाथ महानगरपालिका–५ मालेपाटनमा सशस्त्र प्रहरी बल कालिका गणमा पनि सुविधा सम्पन्न टेनिस कोर्ट रहेको छ ।

पोखरामा टेनिसमा राष्ट्रियस्तरमा नै प्रतिष्पर्धा गर्न सक्ने लगभग १५० जना खेलाडी छन् भने भेट्रान्सतर्फ पनि धेरै संख्यामा खेलाडी रहेका छन् ।

पोखरामा टेनिस खेलले राम्रै सफलता हासिल गर्दै अघि बढेको खेलकूद पत्रकार मञ्च कास्कीका पूर्व अध्यक्ष विनोद लामिछाने बताउनुहुन्छ ।

“पछिल्ला समयमा पोखराले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलाडी तयार गरेको छ”, उहाँले भन्नुभयो, “टेनिस खेलप्रेमीले यसका गतिविधिलाई अघि बढाउन व्यक्तिगत रुपमा आफ्नो व्यावसायिक प्रतिष्ठानबाट प्रतियोगितासमेत आयोजना गर्न थालेका छन् ।”

पोखरामा आयोजना हुने गरेका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगिताले समग्र पोखराको गरिमा र महत्वलाई बढाएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार पोखरामा एक वर्षअघि मात्र सातौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत टेनिस खेल सम्पन्न भएको थियो भने आइटिएफको सर्किट १ र २ पोखरामा नै सम्पन्न भएको थियो ।

माछापुच्छ«े पोखरा भेट्रान्स राष्ट्रिय प्रतियोगिता पोखराले सम्पन्न गरिसकेको उहाँले जानकारी दिनुभयो ।

पोखराको रमणीय वातावरणका कारण पनि यो टेनिस खेलका लागि उत्कृष्टस्थल भएको टेनिस खेलका प्रशिक्षक नीरज थापा बताउनुहुन्छ ।

“पछिल्लो समयमा पोखरामा टेनिस खेलप्रति निकै आकर्षण बढेको छ”, विगत १५ वर्षयता टेनिसमा प्रशिक्षण दिँदै आउनुभएका थापाले भन्नुभयो, “विस्तारै पूर्वाधार निर्माणको क्रम पनि बढेका कारण यहाँ टेनिसका सम्भावना अझै बढेर गएका छन् ।”

नेपालमा हुने आसन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग)लाई लक्षित गर्दै पोखरा रङ्गशाला परिसरमा रु तीन करोड ५० लाखको लागतमा एक÷एक वटा हार्ड कोर्ट र क्ले कोर्ट बन्न लागेको कास्की जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिनुभयो ।

“पोखरा रङ्गशालाभित्र अब बन्ने हार्ड कोर्ट र क्ले कोर्ट प्याराफिटसहितका सुविधासम्पन्न पूर्वाधार युक्त हुनेछन्”, उहाँले भन्नुभयो, “सन् २०१९ मा हुने सागमा खेलाइने खेलमध्ये टेनिस पनि पोखरामा खेलाउने तयारी भएका कारण निर्माण कार्य शुरु गराउन आवश्यक पहल भइरहेको छ ।”

पर्यटकीय नगरी पोखरालाई खेल पर्यटनको पनि आकर्षक गन्तव्य बनाउने सरकारको पनि प्राथमिकता रहेको अवस्थामा दक्षिण एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत टेनिस खेल पोखरामा गराउने चर्चाले यतिखेर पोखरेली टेनिसप्रेमी हर्षित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com