ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैदेशिक सहायता बढ्यो, एक महिनामा सार्वजनिक ऋण २५ अर्ब ६४ करोडले घट्यो


एबीसी न्यूज

काठमाडौं ८ पुस ।  नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायता बढेको छ । चालू आर्थिक वर्ष २०८१र०८२ को पुस पहिलो हप्तासम्ममा दुई खर्ब दुई अर्ब ४० करोड रुपैयाँ बराबरको वैदेशिक सहायताको नयाँ प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

गएको आर्थिक वर्षको यही अवधिमा प्राप्त प्रतिबद्धता ५९ अर्ब ९८ करोड रुपैयाँको तुलनामा चालु आर्थिक वर्षमा दुई सय ३७ प्रतिशतले प्रतिबद्धता बढेको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार यस अवधिमा वैदेशिक अनुदानको प्रतिबद्धता एक सय ५३ प्रतिशतले र वैदेशिक ऋणको प्रतिबद्धता दुई सय ८० प्रतिशतले बढेको हो ।

त्यसैगरी चालू आर्थिक वर्षको हालसम्मको अवधिमा प्राप्त वैदेशिक सहायता पनि गएको वर्षको समान अवधिको तुलनामा ३० प्रतिशतले बढेको प्रवक्ता भट्टराईले बताउनुभयो । उहाँका अनुसार यस अवधिमा वैदेशिक अनुदान छ अर्ब ७५ करोड रुपैयाँ, वैदेशिक ऋण ३७ अर्ब ३३ करोड रुपैयाँ गरी कुल ४४ अर्ब आठ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त भई विभिन्न विकास निर्माणका क्षेत्रमा प्रयोग भएको छ ।

यसैबीच सरकारले चालु आर्थिक वर्षको ५ महिना अवधिमा १ खर्ब ७० अर्ब ५९ करोड रुपैयाँ बराबर सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानी गरेको छ ।

मङ्सिर मसान्तसम्म सरकारले वार्षिक बजेट विनियोजनको ४२ दशमलव ३५ प्रतिशत रकम ऋण तिर्न खर्च गरेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पछिल्लो ५ महिनामा सरकारले १ खर्ब ४९ अर्ब ६६ करोड रुपैयाँ आन्तरिक ऋण तथा २० अर्ब ९३ करोड रुपैया बाह्य ऋणको दायित्व घटाएको छ ।

मङ्सिर मसान्तसम्म साँवा भुक्तानीमा १ खर्ब ४४ अर्ब ५५ करोड रुपैयाँ र ब्याज भुक्तानीमा २६ अर्ब ३ करोड रुपैयाँ खर्च भएको छ । कार्यालयका अनुसार आन्तरिक ऋणको साँवा भुक्तानीमा १ खर्ब २७ अर्ब २४ करोड रुपैयाँ तथा ब्याज भुक्तानीमा २२ अर्ब ४२ करोड रुपैयाँ खर्च भएको छ ।

त्यस्तै बाह्य ऋणको साँवा भुक्तानीमा १७ अर्ब ३१ करोड रुपैयाँ तथा ब्याज भुक्तानीमा ३ अर्ब ६१ रुपैयाँ खर्च भएको देखिएको छ । विदेशी मुद्राको विनिमय दरमा आएको परिवर्तनका कारण बाह्य ऋणमा १० अर्ब ५७ करोड दायित्व थप भएको कार्यालयले जनाएको छ ।

मङ्सिर मसान्तसम्म सरकारले १ खर्ब ६४ अर्ब रुपैयाँ बराबर आन्तरिक ऋण तथा २८ अर्ब २९ करोड रुपैयाँ बाह्य ऋण प्राप्त गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पछिल्लो १ महिनामा सार्वजनिक ऋण २५ अर्ब ६४ करोड रुपैयाँले घटेको छ ।

सरकारले मङ्सिर महिनामा ५८ अर्ब २४ करोड रुपैयाँ ऋण भुक्तानी गरेपछि सार्वजनिक ऋण साढे २५ अर्ब रुपैयाँले घटेको हो । मङ्सिर महिनामा सरकारले २१ अर्ब २३ करोड रुपैयाँ ऋण प्राप्ती गरेको छ भने ५८ अर्ब २४ करोड रुपैयाँ तिरेको देखिन्छ ।

चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा भने सार्वजनिक ऋण ५८ करोड ३१ अर्ब रुपैयाँ थपिएको छ । योसँगै मङ्सिर मसान्तसम्म कुल तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब ४१ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कार्यकर्तालाई मनोबल उच्च पार्न आग्रह गर्दै ओलीले भने– दुईतिहाइ मतले जित्छु

माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग

सम्बन्धित

कार्यकर्तालाई मनोबल उच्च पार्न आग्रह गर्दै ओलीले भने– दुईतिहाइ मतले जित्छु

शहीद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त प्रचण्ड

माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग

देश चलाउन सक्रिय विदेशी शक्तिलाई रुकुमपूर्वबाट जवाफ दिन्छु– प्रचण्ड

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com