काठमाडौं, २८ फागुन । राष्ट्रियसभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता हँुदैछ । संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको छ ।
उम्मेदवारमाथिको दाबीविरोध पछि दिउँसो १ः३० बजे अन्तिम नामावली प्रकाशन गरिने संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिनुभयो । पर्सी फागुन ३० गते राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुँदैछ ।
प्रमुख सत्तारुढ दल एमाले र माओवादीबीच भएको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष एमालेको भागमा परेको छ । राष्ट्रियसभाको अध्यक्षका लागि एमालेबाट परशुराम मेघी गुरुङ, गणेश तिमल्सिना, सुमन प्याकुरेल, बलराम बास्कोटा, खिमलाल भट्टराई र शेरबहादुर कुँवरलगायतको नाम चर्चामा छ । जसमा गुरुङ र तिमल्सिनामध्ये एकको सम्भावना प्रवल छ ।
प्रतिक्रिया दिनुहोस्