काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसदबाट दुई
तिहाइ बढी विश्वासको मत प्राप्त गरेका छन् । कुल २६८ जना सांसद उपस्थित् रहेकोमा ओलीको पक्षमा २०८ मत रहेको छ भने विपक्षमा ६० मत रहेको छ ।
एमाले र माओवादीका साथै संघीय समाजवादी फोरम, राजपाले ओलीलाई मत दिएका छन् । यस्तै एक सिटे दलहरु राप्रपा र राष्ट्रिय जनमोर्चाले पनि मत दिएका छन् ।
प्रधानमन्त्री ओलीको विपक्षमा ६० मत खसेको छ । कांग्रेसका साथै नेमकिपाले ओलीलाई मत दिएनन् ।
नयाँ शक्ति पार्टीका मात्र सांसद डा। बाबुराम भट्टराई भने आइतबारको संसद बैठकमा उपस्थित नै थिएनन् । आइतबारको बैठकमा २६८ सांसद उपस्थित थिए ।
प्रतिक्रिया दिनुहोस्