काठमाडौं, २७ फागुन । नेकपा एमाले र माओवादी केन्द्रको संसदीय दलको संयुक्त बैठक आज बस्दैछ ।
पार्टी एकता प्रक्रियामा रहेका एमाले र माओवादी केन्द्रको संयुक्त बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संयुक्त रुपमा सम्बोधन गर्नेछ । बैठक दिनको साढे १२ बजे बस्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आजको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन लागेकाले दुवै दलका सांसदहरुलाई पक्षमा मत व्यक्त गर्न बैठकले निर्देश गर्ने माओवादीका प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो ।
एमालेका १२१ र माओवादी केन्द्रका ५३ सांसद छन् । दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कार्यसूची छ । ओलीको पक्षमा दुई तिहाइभन्दा बढी सांसद छन् ।
प्रतिक्रिया दिनुहोस्