ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यान्सरबाट कसरी उन्मुक्ति पाएँ, म संस्मरण लेख्दैछु : मनिषा


admin

काठमाडौँ, २६ फागुन । क्यान्सर केयर नेपालले नायिका मनिषा कोइरालालाई क्यान्सर रोगका बिरामीको उपचारमा सहयोग एवं यसबारे चेतनामूलक कार्यक्रम सञ्चालनमा योगदान दिएबापत संस्थाको मानार्थ अध्यक्ष पद प्रदान गरेको छ । 

क्यान्सर केयर नेपाल, नेशनल हस्पिटल, क्यान्सर रिसर्च सेन्टर जाउलाखेल तथा होम हस्पिस केयरको संयुक्त आयोजनामा शुक्रबारदेखि यहाँ शुरु भएको एशियाली क्यान्सर सम्मेलनका क्रममा नायिका कोइरालालाई संस्थाले सो पद प्रदान गरेको हो ।

आयोजक संस्थाका अध्यक्ष डा मदनकुमार पिया र सचिव प्रा श्यामकृष्ण जोशीले नायिका कोइरालालाई सो सम्मान प्रदान गर्दै पाँच वर्षअघि क्यान्सर भएर पनि हरेस नखाइ रोगबारे सर्वसाधारणलाई जनचेतना फैलाउन सक्रिय रहेकी तथा क्यान्सर रोगीको उपचारमा सहयोगसमेत गर्दै आएकी नायिका कोइरालाको उत्साहको प्रशंसा गर्दै मानार्थ अध्यक्ष पद प्रदान गरिएको बताउनुभयो ।

एशियाली मुलुकमा पछिल्लो समयमा बढ्दै गएको स्तन क्यान्सरलाई समयमै निदान गरी उपचार गर्न जनचेतना फैलाउने, विशेषज्ञद्वारा उपचारको ज्ञान, सीप तथा प्रविधि आदानप्रदान गर्ने उद्देश्यसहित आयोजित सम्मेलनमा नेपाललगायत भारत, थाइल्याण्ड, मलेसिया, म्यान्मार, सिंगापुर र थाइल्याण्डका क्यान्सर विशेषज्ञको सहभागिता छ ।

तेस्रो नेशनल क्यान्सर हस्पिटल सम्मेलन २०१८’ मा विशेष गरी स्तन क्यान्सरको पछिल्लो अवस्थाबारे छलफलसमेत गरिनेछ ।

सो कार्यक्रमलाई नायिका कोइरालाले पाँच वर्षअघि चिकित्सकले आफूलाई क्यान्सर भएको भनेपछि आफू स्तब्ध भएको स्मरण गर्दै समयमै रोग पत्ता लागेकाले उपचार भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्वस्थ जीवनशैली र खानपिनका कारण क्यान्सर लाग्ने सम्भावना कम हुन्छ, समयमै क्यान्सर पत्ता लगाउनसके ८० देखि ९० प्रतिशत निको हुन्छ आगामी दिनमा क्यान्सर रोग लाग्नबाट जोगाउन सञ्चालन हुने जनचेतनामूलक कार्यक्रममा ‘म मेरो’ सक्रियाता हुन्छ ।”

नायिका कोइरालाले आफूलाई क्यान्सर भएपछि बिताएका जटिल समयको स्मरण गर्दै पुस्तक लेख्न लागेको जानकारी दिनुभयो ।

सेन्टरका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा पियाले संस्थाले नेपालका गरिब तथा निमुखा क्यान्सर रोगीको उपचारमा मात्रै नभई क्यान्सर रोकथाम र उपचारको दुवै कार्य गर्दै आएको बताउनुभयो ।

क्यान्सर केयर नेपालका सचिव प्रा श्यामकृष्ण जोशीले संस्थाद्वारा सञ्चालित नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरलाई एकसय श्ययाको बनाउने लक्ष्य राखिएको, नेपाल सरकारले क्यान्सर रोगीका लागि उपलब्ध गराउँदै आएको रु एक लाखमा नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरले थप राहत दिएर क्यान्सर रोगीको उपचार गर्दै आएको जानकारी दिनुभयो ।

त्यसअवसरमा क्यान्सर रोग विशेषज्ञ डा सन्ध्या चापागार्इं, डा रश्मी पुन गुरुङ, भारतकी डा कञ्चन कौर, क्यान्सर केयर नेपालका उपाध्यक्ष प्रभुराज वैद्यले क्यान्सर रोग लाग्न नदिन विशेष कार्यक्रम सञ्चालन गर्न आवश्यक भएकामा जोड दिनुभएको थियो ।

सो अवसरमा नायिका कोइरालाले नेपालको पहिलो क्यान्सर रोग विशेष डा तारा मानन्धर, डा मिलननाथ पाण्डे, रोटरी क्लब अफ यल, नवीना मल्ल, श्रीधर श्रेष्ठ, शाम्भवी आचार्य र किमाया गुरुङलाई सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com