ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कारागारमा अनसनरत रेशम चौधरीलाई सांसदको सपथ गराउन राजपाको माग


admin

काठमाडौँ, २६ फागुन । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्यले गृहमन्त्री रामबहादुर थापालाई आज भेटी कैलालीमा अनशनरत आफ्ना नेता रेशम चौधरीको मागको सुनुवाइ गर्न ध्यानाकर्षण गराएका छन् ।


गृह मन्त्रालयमा भएको भेटमा राजपाका नेताहरुले चौधरीसहित अनशनरत २६ जनाको स्वास्थ्य अवस्था बिग्रदै गएकोले तत्काल समस्याको समाधानका लागि गृहमन्त्रीलाई आग्रह गरेका हुन् ।

उनीहरुले अनशनरत चौधरीलाई कैलालीबाट काठमाडौँमा ल्याएर संसद् सदस्यको प्रमाणपत्र दिने तथा शपथ ग्रहणको व्यवस्था मिलाउन कुनै कानूनी समस्या नरहेको जिकिर गर्दै त्यसका लागि वातावरण बनाइदिन गृहमन्त्रीसँग माग राखेका थिए ।

जवाफमा गृहमन्त्री थापाले अनशनरत चौधरीसहित २६ जनाको स्वास्थ्य अवस्थाबारे सरकार गम्भीर रहेको भन्दै उनीहरुले राखेका तत्काल पूरा गर्न सकिने माग सम्बोधनका लागि मन्त्रालयले गृहकार्य अघि बढाइसकेको बताउनुभयो ।

अदालती विषय बाहेकका अन्य विषयमा वार्ता तथा छलफलका माध्यमबाट समाधान खोजिने उहाँको भनाइ थियो । उहाँले यस विषयमा आफूले प्रधानमन्त्री केपी ओलीसँग पनि थप छलफल र परामर्श गरेर समाधानको बाटो पहिल्याउने राजपाका नेतालाई आश्वासन दिनुभएको थियो ।
आफूलाई संसद् सदस्यको प्रमाणपत्र तथा शपथको व्यवस्था मिलाउनुपर्ने, कैलाली घटनामा मुद्दा लागेकाको मुद्दा फिर्ता लिनुपर्ने लगायतका तीन बुँदे माग राखी जिल्ला कारागारमा रहनुभएका नेता चौधरीसहित टीकापुर घटनाका २६ जना आरोपीले गत फागुन २० गतेदेखि आमरण अनशन शुरु गरेका छन् ।

कैलालीको टीकापुरमा विसं २०७२ भदौ ७ गते वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ जनाको मृत्यु भएको घटनामा मुख्य योजनाकारको आरोप लागेपछि फरार रहेका चोधरीले गत मंसिरमा सम्पन्न निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि गत फागुन १४ गते अदालत समक्ष आत्मसमर्पण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com