ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण कोरियाका राष्ट्रपति युनको संसद् भवन जाने कार्यक्रम स्थगित


एबीसी न्यूज
मंसिर २१, २०८१ शुक्रबार   ४ : ०५   बजे

काठमाडौं २१ मंसिर । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले संसद् भवन जाने कार्यक्रम स्थगित गर्नुभएको छ । संसद्मा उपस्थित भएर मार्सल कानून लागू गर्नुपर्ने कारणबारे जानकारी गराएर महाभियोगको प्रतिरक्षा गर्ने तयारी रहेकोमा अन्तिम समयमा स्थगित भएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति संसद् भवन जाने भएपछि रोक्नका लागि विपक्षी सांसदसहित प्रदर्शनकारीहरूले मानव पर्खाल बनाएका थिए । महाभियोगमा मतदान भोलिका लागि तय भएको प्रमुख विपक्षी दलले जनाएको छ । प्रस्ताव पारित गर्न आवश्यक सङ्ख्या जुटाउन सकिन्छ भन्ने पक्का भएलगत्तै मतदान हुने पनि पार्टीले भनेको छ ।

तीन सय सिटको संसद्मा प्रतिपक्ष दलका एक सय ९२ सिट छ । प्रस्ताव पारित गर्न सत्तारूढ दलका आठ जना सांसदको समर्थन जुटाउन पर्नेछ । सत्तारूढ दलका नेता हान डोङ–हुनले राष्ट्रपति युन सुक येओलको संवैधानिक अधिकारलाई निलम्बन गर्न आवश्यक रहेको बताउनुभएकोले महाभियोग प्रस्तावमा सत्तारूढ पार्टीका सांसदहरूले पनि मतदान गर्न सक्ने बीबीसीले जनाएको छ ।

यसैबीच राष्ट्रपति युनले सत्तारूढ दलका नेता हान डोङ–हुनलाई पनि पक्रने आदेश दिएको खुलासा भएको छ । मङ्गलवार राति मार्सल ल लागू गर्दाखेरि राष्ट्रपतिले डोङ–हुनलाई पक्राउ गर्ने आदेश दिएको खुलेको हो । हुनसहित प्रमुख प्रतिपक्ष दलका नेता लि जेय–मेयुङलगायतलाई पक्राउ गर्ने तयारी रहेको खुलेको बीबीसीको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group