ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्टाचार नियन्त्रणको एउटै उपाय भनेको ई-गभर्नेन्स नै हो


एबीसी न्यूज
मंसिर २१, २०८१ शुक्रबार   १ : ५१   बजे

काठमाडौं २१ मंसिर । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले ई(गभर्नेन्सलाई लागू गर्न सकेमा भ्रष्टाचार नियन्त्रणमा आउने बताएका छन् ।

 

शुक्रबार काभ्रेस्थित काठमाडौं विश्वविद्यालयको कम्प्युटर क्लबले आयोजना गरेको ‘आईटी मिट २०२४’ लाई सम्बोधन गर्दै सरकारले अघि सारेको कार्यक्रम डिजिटल नेपाल फ्रेमवर्कमार्फत ई–गभर्नेन्सलाई लागू गर्न सकेमा नेपालमा भ्रष्टाचार नियन्त्रण गर्न सकिने बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘डिजिटल नेपाल फ्रेमवर्कलाई गभर्नेन्स लेबलबाटै सुरु गर्ने सोच बनाइएको छ । देशका ७ प्रदेश, ७५३ वटै पालिका, नेपाल सरकारका ४२ वटा मन्त्रालय, ७६१ वटा सरकार, लगायतका देशभरका सरकारी कार्यालयहरूमा ई(गभर्नेन्सको कार्यक्रम लागू गर्न सकियो भने भ्रष्टाचार नियन्त्रण गर्न सकिनेछ ।’

उनका अनुसार नेपाल सरकारले डिजिटल नेपाल फ्रेमर्वक कार्यान्वयन गर्ने भनेको छ । त्यसको लागि पनि नीति बनेको छैन । ‘नीति र रणनीतिको आधारमा कानुन बनाउन जरुरी छ,’ उनले भने, ‘त्यसपछि मात्रै बल्ल डिजिटल नेपाल फ्रेम वर्क कसरी कार्यान्वयन गर्ने कुरा अघि बढ्छ, त्यसले आठौँ सेक्टरमा काम गर भनेको छ, त्यसमा विभिन्न विधाहरू तोकिएको हुन्छ, जसमध्येको एउटा सेक्टर सरकार रहेको हुने कुरा उल्लेख छ ।’

सरकारले हालसम्म आर्टिफिसिएल इन्टिलिजेन्स ९एआई० को लागि नीति नै बनाउन नसकेको उनले बताए । सरकारले एक महिनाभित्रमा एआईको नीति ल्याउने बताउँदै उनले भने, ‘नीति बनेपछि त्यहीँ एआईसम्बन्धी कार्यक्रमहरू अघि ल्याइनेछ ।’ नेपाल आईटीको दशकमा प्रवेश गरे पनि उपलब्धिमूलक कामहरू खासै नभएको उनले बताए । उनका अनुसार त्यहीँअनुसारको योजना, कार्यक्रम, बजेट व्यवस्थापन सबै हुनुपर्ने हो, यसको लागि नीतिहरू बन्नुपर्ने हो, यो क्षेत्रमा गर्नुपर्ने धेरै देखिन्छ तर केही पनि गर्न सकिएको छैन ।

सरकारले प्रविधिको क्षेत्रलाई महत्त्व दिन नसकेको बताउँदै उनले भने, ‘सरकारले नीति नै परिवर्तन गर्नुपर्ने प्रमुख विषय भएको छ । सूचना र प्रविधिको क्षेत्रलाई कसरी विकास गर्ने, यसलाई औद्योगिक क्षेत्रसँग जोड्नुपर्ने, नेपाललाई आईटीको हब बनाउने विषयमा धेरै कुराहरू भए पनि यसको लागि नीति भने अहिलेसम्म बनाउन सकिएको छैन ।’

आईटी मिट २०२४ ले सूचना प्रविधिका पछिल्ला विकासहरू, देशभरिका प्रविधि उत्साहीहरूलाई एकत्रित गर्दै नयाँ अवसर र प्रेरणा प्रदान गर्नको लागि आयोजना गरिएको काठमाडौं विश्वविद्यालयका स्कुल अफ इन्जिनियरिङका डिन मनिष पोख्रेलले बताए । उनका अनुसार यो कार्यक्रमले विद्यार्थीहरूलाई प्रविधि क्षेत्रमा नवीनता र सिर्जनशीलतालाई प्रवर्द्धन गर्नेछ ।

कार्यक्रममा समावेश गरिएको कोडिङ प्रतियोगिता, परियोजना प्रदर्शनी, गेमिङ इभेन्ट्स, गुगलिङ प्रतियोगिता, केयूबिङ प्रतियोगिता जस्ता विविध गतिविधिमा सहभागिताको अवसर प्रदान गर्ने काठमाडौं विश्वविद्यालय कम्प्युटर क्लबका अध्यक्ष निर्जल भुर्तेलले बताए । काठमाडौं विश्वविद्यालय कम्प्युटर क्लबको आयोजनामा नेपालको अग्रणी प्रविधि कार्यक्रम आईटी मिट २०२४ शुक्रबार र शनिबार काठमाडौं विश्वविद्यालय, धुलिखेल क्याम्पसमा आयोजना गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group