ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित


एबीसी न्यूज

काठमाडौं १७ मंसिर । कर्णाली याक्सलाई पराजित गर्दै जनकपुर बोल्टसले नेपाल प्रिमियर लिग एनपीएल मा लगातार दोस्रो जित दर्ता गरेको छ।

सोमबार भएको दिनको दोस्रो खेलमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले पराजित गरेको हो।  जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सलाई पनि ८ विकेटले पराजित गरेको थियो।

कर्णाली याक्सले दिएको १ सय ४२ रनको लक्ष्य जनकपुरले २९ बल अगावै २ विकेटको क्षतिमा भेट्टायो।

ओपनर अनिल शाह ६२ र जेम्स निसम १६ रनमा अविजित रहे। अनिलले ४२ बलमा ६ चौका र ३ छक्का हाने। निसमले ८ बलमा २ चौका र १ छक्का प्रहार गरे।

 

पहिलो विकेटका लागि ओपनर अनिल शाह र आशिफ शेखले ८४ रनको साझेदारी गर्दै जनकपुरलाई बलियो स्थितीमा पुर्याएका थिए। एनपीएलमा पहिलो विकेटका लागि बनेको यो सर्वाधिक रनको साझेदारी हो।

कर्णालीका मौसम ढकालले दशौँ ओभरको चौथो बलमा आशिफ शेखलाई ३६ रनमा क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाए। आशिफले २९ बलमा २ चौका र २ छक्का हाने।

लाहिरु मिलान्था २४ रनमा जेसन मक्सुदको बलमा एलबीडब्लु धरापमा गरे। मिलान्थाले १३ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए।

कर्णालीका लागि जिसन मक्सुद र मौसम ढकालले समान एक् विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४१ रनको योगफल तयार पारेको थियो। जारी एनपीएलमा बनेको यो सर्वाधिक योगफल हो। यसअघि जनकपुरले विराटनगरले दिएको १ सय २८ रनको लक्ष्य भेट्टाएको थियो।

सातौँ विकेटका लागि अर्जुन घर्ति र सोमपाल कामीले ५६ रनको साझेदारी गरेपछि कर्णालीले बलियो योगफल तयार पारेको थियो।

अर्जुनले १९ औँ ओभरमा लगातार दुई छक्का र २ चौका प्रहार गरे। २२ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३३ रन बनाएका अर्जुन रनआउट भए। सोमपाल १३ बलमा २९ रनमा नटआउट रहे। नन्दन यादव शुन्य रनमा अविजित रहे।

अलराउण्डर गुल्सन झाले बनाएको ३६ रन नै कर्णालीका लागि सर्वाधिक रह्यो। गुल्सनले २७ बलमा १ चौका र ३ छक्का सहयोगमा ३६ रन बनाउँदा किशोर महतोको बलमा बोल्ड आउट भए।

त्यसअघि १४ बलमा १४ रन बनाएका शिखर धवन पाचौँ ओभरको दोस्रो बलमा हर्ष ठाकेरको बलमा बोल्ड आउट भए। ओपनर देव खनाल १ रन बनाएर आउट भए। जनकपुरका ललित राजवंशीले दोस्रो ओभरको दोस्रो बलमा देवलाई बोल्ड आउट गरे। बाबर हायात १२ रन बनाउँदा क्याच आउट भए।

जिसन मक्सुद शुन्य रनमा नै जेम्स निसमको बलमा एलबीडब्लु धरापमा परे। चाडविक वाल्टन १ रनमा मोहम्मद मोहसिनको बलमा एलबीडब्लु आउट भए।

जनकपुरका लागि मोहम्मद मोहसिनले दुई विकेट लिए। किशोर महतो, ललित राजवंशी, हर्ष ठाकेर र जेम्स निसमले समान एक विकेट लिए।

एनपीएलमा मंगलबार दुई खेल हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com