काठमाडौं १६ मंसिर । पालिका तहमा रिक्त विभिन्न ४१ पदका लागि अहिले मतदान भइहेको छ । बिहान ७ बजेदेखि शुरु भएको मतदानमा मतदाताको उत्साजनक सहभागिता रहेको निर्वाचन आयोगले जनाएको छ ।
महोत्तरीको रामगोपालपुर नगरपालिकामा रिक्त पदका लागि भइरहेको उपचुनावमा श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय मोहनपुर मतदान केन्द्रमा मतदानका लागि लामबद्ध मतदाता।
आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले उज्यालोलाई दिनुभएको जानकारी अनुसार सबै केन्द्रमा उत्साजनक र शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । नगरपालिका मेयर एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको हो ।
हुम्लाको सर्केगाड गाउँपालिकामा रिक्त पदका लागि भएको उपचुनावमा पालिका केन्द्रमा रहेको हिमज्योती माध्यामिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्दै मतदाता। तस्बिर स् दाने बोहराररासस
यो उपचुनावमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । आयोगले सक्कल मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र र वा चालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्