ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महराको राजनितिक यात्रा: जनयुद्धका नेता हुँदै सभामुखसम्म


admin

काठमाडौं, २५ फागुन । प्रतिनिधिसभाको सभामुखमा कृष्णबहादुर महराको एक्लो उम्दवारी परेको छ । माओवादी केन्द्रले आज विहान मात्र महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
यसअघि, पाँचपटक मन्त्री बनिसकेका महराको मात्र सभामुखमा उम्मेदवारी परेपछि र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने भएपछि उनी निर्विरोध सभामुख बन्ने भएका छन् ।

महराले माओवादी केन्द्रमा प्रभावशाली नेताको छवि बनाएका छन्। जसको फलस्वरूप उनले माओवादीबाट पटकपटक लाभको पद पाउने नेतामा पर्छन्।

जनयुद्धका नेता हुँदै सभामुख

पार्टीभित्र र बाहिर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको विश्वसिलो पात्रका रूपमा चिनिने कृष्णबहादुर महरा विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश गरेका हुन्। उनी २०३५ सालमा कम्युनिस्ट पार्टीको विद्यार्थी संगठनबाट राजनीतिमा लागेका थिए।

त्यसपछि उनी १० वर्ष शिक्षण पेसामा आबद्ध रहे। उनले शिक्षक पेसामा रहेकै वेला विद्यार्थीहरूलाई कम्युनिस्ट राजनीति सिकाउने गरेका थिए। उनका विद्यार्थी वर्षमान पुन, नन्दबहादुर पुनलगायतका व्यक्तिहरू अहिले माओवादीका शीर्ष नेता र उपराष्ट्रपति रहेका छन्।

माओवादीको उद्‍गमस्थल मानिने रोल्पामा रहेका वेला महरा २०३६ देखि ०३९ सम्म नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पाको सचिव भएर काम गरे। त्यसपछि कम्युनिस्ट पार्टीमा आबद्ध रहेर पञ्चायतविरुद्धको राजनीतिमा लागे।

अहिले सभामुख बन्न लागेका माओवादी जनयुद्धअघि नै संसद्‍ प्रवेश गरिसकेका नेता हुन्। उनी २०४८ सालको निर्वाचनमा संयुक्त नेकपा ९मशाल० को खुला राजनीतिकस्वरूप जनमोर्चाबाट निर्वाचित सांसद बनेका थिए। सोही कार्यकालमा उनले जनमोर्चाको संसदीय दलको नेताको जिम्मेवारी पनि सम्हाले।

२०५२ फागुन १ गते माओवादीले जनयुद्ध सुरु गरेपछि महरा पार्टीको पश्चिम ब्युरो सदस्य बने। २०५५ सालमा पार्टी केन्द्रीय सदस्य बनेका महरा माओवादी आन्दोलन सुरु भएदेखि नै भूमिगत थिए। माओवादीले जनमुक्ति सेना गठन गरेपछि उनी सेनातिरको जिम्मेवारी नसम्हाली राजनीतिक पाटोमा नै संलग्न रहे।

माओवादी र तत्कालीन श्री ५ को सरकारबीच २०५८ सालमा वार्ता भयो। उनी माओवादी वार्ता टोलीको संयोजकको जिम्मेवारी लिएर सरकारसँग पहिलोपटक माओवादी जनयुद्धबारे वार्ता गर्न सार्वजनिक भए। यस्तै, २०६० सालमा दोस्रोपटक सरकार र माओवादीबीच वार्ता हुँदा पनि उनी सदस्य थिए। वार्ता टोलीको नेतृत्व भने डा. बाबुराम भट्टराईले गरेका थिए। त्यतिपछि उनी माओवादीको प्रवक्ता बने।

नेपाललाई शान्ति प्रक्रियामा ल्याउने निर्णायक वार्तामा माओवादीबाट वार्ता टोलीको संयोजक महरा नै थिए। माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन महराको महत्वपूर्ण भूमिका रहेको थियो। शान्ति प्रक्रियापछि २०६३ सालमा गठित अन्तरिम व्यवस्थापिका संसद्‍मा महरा दलको नेताको हैसियतमा थिए। त्यहीवेला बनेको माओवादीसहितको कांग्रेस तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा महरा सूचना तथा सञ्चारमन्त्री भए। संविधानसभाको पहिलो निर्वाचन २०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा उनी दाङ ३ बाट निर्वािचत भएका थिए।

त्यसपछि, प्रचण्ड नेतृत्वमा २०६५ सालमा गठन भएको सरकारमा उनी पुनः सूचना तथा सञ्चारमन्त्री नै भए। यस्तै, महराले २०६७ सालमा एमालेका तत्कालिन अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारमा उपप्रधानसहित तेस्रोपटक सूचना तथा सञ्चारमन्त्रीका रूपमा सिंहदरबार छिरे। खनाल नेतृत्वको सरकार पुनर्गठन भएपछि उनी केही समयका लागि उपप्रधान तथा गृहमन्त्रीसमेत बने। २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा महरा रोल्पाबाट निर्वाचित भए।

संविधानसभाबाट २०७२ साल मंसिरमा संविधान जारी भएपछि बनेको प्रचण्ड नेतृत्वको सरकारमा महरा उपप्रधान तथा अर्थमन्त्री बने। त्यसपछि, २०७४ सालमा कांग्रेस सभापति शेरहबहादुर देउवा नेतृत्वमा बनेको सरकारमा उनी माओवादीबाट सरकारको नेतृत्व गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री बने। २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी दाङ २ बाट निर्वाचित भएका थिए।

यसरी, शान्तिप्रक्रियापछि विभिन्न मन्त्रालय सम्हालिसकेका महरा पार्टीको केन्द्रीय सदस्य, स्थायी समिति सदस्य, सचिवालय सदस्य, अन्तर्राष्ट्रिय विभाग इञ्चार्ज हुँदै २०७१ सालमा तत्कालीन एकीकृत नेकपा माओवादीको माहासचिव भए। उनी हाल माओवादी केन्द्रको केन्द्रीय कार्यालय सदस्य छन्। माओवादीको जनयुद्ध सुरु नहुँदै संसद प्रवेश गरेका महरा जनयुद्ध हुँदै नयाँ संविधानअनुसार निर्वाचित भएको प्रतिनिधिसभाको सभामुख भएर संसद्को‍ नेतृत्व गर्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com