काठमाडौं, २५ फागुन ।राष्ट्रियसभामा सरकारले मनोनित गरेका तीन जनाले आज शपथ ग्रहण गर्नुभएको छ । अर्थमन्त्रीसमेत रहेका डाक्टर युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईले शपथग्रहण गर्नुभएको छ । संसद भवन नया“ बानेश्वरको संसद सचिवालयमा राष्ट्रियसभाकी जेष्ठ सदस्य तारादेवी भट्टले शपथ खुलाउनुभएको हो । शपथग्रहणसंगै उहा“हरुले राष्ट्रपति निर्वाचनमा भोट हाल्न पाउनु हुनु भएको छ । तीनै जनाको शपथग्रहण रोक्न परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि शपथग्रहणको बाटो खुलेको हो । शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभामा सिफारिस गरेको नाम थन्क्याएर नया“ सरकारले गरेको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेको भन्दै सर्वोच्चमा रिट परेको थियो ।
प्रतिक्रिया दिनुहोस्