काठमाडौं, २५ फागुन । नेकपा माओवादी केन्द्रले कृष्णबहादुर महरालाई प्रतिनिधिसभाको सभामुख उम्मेदवार बनाउने भएको छ ।

माओवादी केन्द्रको आज बिहान प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
माओवादी केन्द्रमा महरा लगायत पूर्वसभामुख ओनसरी घर्ती, देव गुरुङ लगायतले पनि सभामुखमा इच्छा देखाएका थिए । प्रतिनिधिसभा सभामुखका लागि आज विहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको छ ।







प्रतिक्रिया दिनुहोस्